नकुल काजी
‘कुरूप यथार्थकाे सुन्दर तस्वीर’ भने जस्तै, ठ्याक्क त्यस्तै, आम अवधारणागत अपेक्षाकाे  विपरीत दिशातिर ठेलमठेल लम्किरहेकाे  ‘राज्य’-काे  विद्रुप अवस्था विद्यमान छ यसबेला ! देश र देशवासीका जीवनसम्पृक्त सारभूत अभीप्सा पूर्ण-सम्पूर्ण रूपले  दलनमा छटपटाइरहेकाे छ । र, आ-आफ्ना झुण्ड र गिराेहद्वारा अनुमाेदित ‘तीन बूढा राजनीतिक सेलेब्रिटि’-काे असाैम्य  आत्मश्लाघाले श्रृङ्गारित उन्माद र मनमानीपूर्ण बाँकट्टे  तथा  पारस्परिक उछिताे मञ्चनले  देशमाथि  ‘लाेकतान्त्रिक गणतन्त्र’-काे पनि उसरी नै विरूप परिभाषा चाहिँ लादिइरहेकाे छ । याे  के मानेमा भने – अहिले संघीय सांसदहरूकाे ‘गणितीय बहुमत’-प्राप्तिबाट फुरुक्क दुई ‘उपल्ला ठूला दल’-काे उन्मादकाे उत्ताल चुलिएकाे  तानाशाही उफ्रीपाफ्रीले साे अवस्था संपाेषित छ भने तेस्राे दलकाे दङ्ग्याइँ र गनगनले ‘नाैमती बाजाकाे स्वर ढाक्ने ढाेलक’ उखान चरितार्थ गरिरहेकाे अवस्था छ  । नाैमती बाजाका चर्का सुर-गुञ्जनहरूबीच ढाेलकले प्रवाह गर्ने  ‘ट्यापट्याप-ट्यापट्याप’-काे निरीह आवाजले कुन ‘स्वर’ ढाकेकाे हुन्छ र ? अर्थात् ,  ‘ठूलाे’ (big) भनेकै ‘महान’ (great) पनि मानिने वा मानिदिनुपर्ने  याे कस्ताे लाेकतन्त्र हाे ?- जाे राणाकाे जहानियाँ एकतन्त्रमा पनि यतिविधि  थिएन – भन्छन् पुराना जानकारहरू !
अहिले नेपाली काङरेस, नेकपा एमाले र माओवादी केन्द्रका काेठरीहरूमा साम-दान-दण्ड-भेद भनिने चारथाेकमध्ये कुनै न कुनैकाे सिकञ्जामा च्यापिएर खँदारिएका नेपालीले त भलै  ‘असल नागरिक’-काे पिढिया-पिरा पाइरहेकै पनि हाेलान् । तिनीहरू पनि  ‘भनुँ भने आमा कुटाइ खाइ – नभनुँ त बाबु कुकुर  खाइ’ उखान जस्ताे स्थितिमा हाेलान् , विचराहरू ! अतः आफ्नाे बाबुसँग असन्तुष्ट आमाले  कुकुरकाे मासु पकाएर (बुबालाई) भाग लगाएकी देखेकाे छाेराेमा उत्पन्न ठूलाे असमन्जस नै याे उखानकाे प्रकरी हाे । यसबाहेक, कुल जनसंख्याकाे लगभग एक-तृतीयांश त उल्लेखित काेठरीहरूमा अँटाएर बस्न नसकेर-नचाहेर हाे  वा  दलीय पक्षपातकाे थिचाेमिचाेकृत मानसिक दपेट्याइँसँग हारेर कुम्लाे बाेकी विदेशीका गुलाम बन्नतिर अन्भरिन बाध्य छ नै ! राताेदिनकाे सत्ता, पद र भ्रष्टाचारका अवसरकाे लुछाचुँडी र कचहरी नारिरहेका दलका मालिक, डफ्फेदार नेता-अगुवाहरूले हावादरी विकास र समृद्धिका भाषण बासिरहेका सुन्दा-सुन्दा मानसिक रूपमा दिक्क-उद्विग्न  बनेकाहरूका लागि जीवन निर्वहनकाे विकल्प अरू नै पाे के छ र ! अर्थात् , ‘समृद्ध नेपाल’-का ‘सुखी नेपाली’ हुन पाइएन भनेर हाेइन, ‘इथियाेपियाली दुःख’-काे भुमरी नै चाहिँ आइहालेकाे छैन भनेर सुखी हुनपर्ने संदिग्ध घाम, राजनीतिक दलका आधिकारिक शिविरहरूभन्दा बाहिरका नेपालीका, आङ-आङमा लागिरहेकाे अवस्था छ आज ! तर, ‘नेपाली मूल नश्लीय’ नेपालीमा आएकाे यस किसिमकाे नैराश्य र जीवनन्तरवर्ती आक्रान्तिबाट थकित भएर ‘देश’-प्रति वितृष्ण हुनु  जनसंख्याकाे बढ्दाे भीडमा निसासिन थालेका इण्डियनहरूका लागि प्रकारान्तरले सुखद् सिद्ध हुँदै गइरहेका हुँदाे हाे ।

अन्ततः उनीहरू दैनन्दिन हुद्दाका हुद्दा नेपाली भूगाेलमाथि बुर्कुसी मार्न र  बढ्दाे प्रभावी संख्यात्मक प्रकाेप निःसंकाेच लादेर ‘माफिया’, ‘कालाधन्धे’, ‘बिचाैलिया’ आदिका भूमिकाबाट समेत नेपालभूमिमा विशल्य र धन्य भइरहेका हुनन् ! भ्रष्टाचार , मिलीभगते कालाे काराेबार, बिचाैलियाकाे ‘शकुनि-पासाे’ थाप्ने प्रवीणता इत्यादिले नेपाली राज्यशक्तिका उल्लिखित स्वघाेषित एकाधिपति-त्रयलाई रिझाएर जाे भइरहेकाे छ , इण्डियन विस्तारवादका यिनै भत्खाैरेहरू -बाट भइरहेकाे छ ! ‘अर्थतन्त्र’-लाई राजनीतिकाे मेरुदण्ड मान्ने विश्वमान्य सिद्धान्तकाे जस्केलाेबाट चेवा गर्ने हाे भने एउटा विनाेद चाैधरीले मुद्दाबाट नाङ्गाे  माफी- मिनाह पाएकाे जस्ता ताजा घटना जस्ता घटनाहरू सूचिबद्ध  निफनिरहनुकाे ओैचित्य स्थापित हुने अवस्थासम्म अकल्पनीय बनिरहेकाे  छ । अनि किन चाहियाे समृद्ध नेपाली समाज र त्यसका लागि ‘भाषण गायन’-काे एक-दशांश  कार्यान्वयन पनि  ? यस्तै थियाे, सन् १८७४ देखि ब्रिटिश-इण्डियाकाे उपनिवेश रहेकाे दक्षिण-पश्चिम  प्रशान्त महासागरीय सानाे टापु, यद्यपि स्वतन्त्र राष्ट्र, फिजीले सन् १९७०मा  मुक्ति पाइरहँदा समेत त्यसकाे गर्दनमा इणडियाकाे हात ! इण्डिया त त्याेभन्दा २३ वर्ष अघि नै ब्रिटिश दासताबाट मुक्त भएर लाेकतन्त्रकाे खास्टाेमा आइसकेकै थियाे ।  त्यस देश (फिजी)-मा इण्डियन महेन्द्र चाैधरीकाे उदयकाे कथा मात्र किन ? श्रीलंकामा वर्दराज पेरूमल, काश्मीरमा शेख अब्दुल्लाह, माल्दिभ्समा कालुराम मिन्त्री, सिक्किसममा लेण्डुप दाेर्जे खाङसार्पा आदि इण्डियन दत्तकपुत्रहरूकै ‘सक्कल बमाेजिम नक्कल’ नै नेपालकाे तराइ भूभागमा गजेन्द्र नारायण सिंहकाे उदय र गतिविधिकाललाई पनि लिन नसकिने हाेइन । याे विषयकाे यहाँ पुनरावृत किनभने, आज नेपालकाे सेराेफेराेमा इण्डियन दासताकाे बादल जाे मडारिइरहेकाे छ त्याे ब्रिटिश दासताबाट इण्डियनमा संक्रमित राेग उसले नेपालीमा संक्रमण गराइसकेकाे अवस्थाकाे द्याेतक हाेइन भनेर ढुक्क हुने अवस्था छैन ।

भ्रष्टाचार र कमिसनखाेरीकाे दल्दलमा आज देशका हरेक कित्ता-कान्ला जसरी उक्सनै नसक्ने गरी फँसेकाे आभास  हुँदैछ, त्याे बहुधा इण्डियाकाे अतिक्रमणकारी नीतिका प्रति आत्मनिवेदित व्यापारी, उद्याेगी इत्यादिका माध्यमबाट प्रयुक्त छ । यसका ज्वलन्त र तराेताजा उदाहरण बनेका छन् – बाँसबारीकाे दश राेपनी सरकारी जग्गा प्रकरणमा विनाेद चाैधरीसामू देशकै कानूनले घुँडा टेक्नु परेकाे दुःखद  घटना र विद्युत प्राधिकरणलाई अर्बाै महशुल नतिर्ने साहूहरूका पक्षमा सरकारकै बाध्यकारी घडघडे ल्याङल्याङ जस्ता दर्जनाैं वातावरणमा  संभवतः सयाैं घटनाका निर्लज्ज नाङ्गा प्रस्तुती ! यस किसिमबाट पल्किएकाे भ्रष्टाचार आज भागबण्डा लगाएर ‘म कुटे जस्ताे गर्छु, तँ राेए जस्ताे गर’ भने झैं तनाउमा झुलाएर नागरिक कित्तालाई थाङ्नामा सुताउने विधि-शैलीमा पन्पाइरहेकाे विश्लेषण पनि हुन थालेकाे छ । राज्यका कार्यकारी प्रमुखदखि वडा  एकाइसम्मका पदासीनहरूले सुशासन र सुख-समृद्धिका वकवेदान्ती भाषण खिच्चा भुकाइ नित्य भुकिरहेकाे यसैबेला, अन्ततः, ट्रान्सपरेन्सी इन्टरनेशनलकाे सर्भेक्षणले याे देशलाई  विश्वका अति भ्रष्ट देशहरूकाे सूचिमा सहजै विराजमान गराएकाे छ । तर, देश हाँकिरहेका दल-मालिकहरू आ-आफ्ना रैती-रैतानका तालीमा रमाएर ‘लाज’ स्वयम् पनि लजाउने निर्वाङ्ग स्थितिलाई  पटाक्षेप गरिरहेक छन् ! लाेकतन्त्रकाे परिभाषामै वेष्टित सिद्धान्तले ‘संसद’-लाई सर्वाेपर प्रतिपक्ष मान्ने विश्व-मान्यता छ , तर हाम्राे देशका ओैसत सांसदहरूमध्ये एकथरिले संसदलाई सरकारकाे अराैटे-भराैटेगिरी गरिखाने थलाेकाे रूपमा बुझेका  र अर्काथरिले आफ्ना पार्टीका केवल कन्दनेगिरी गरिखाने थलाेसम्म मात्र बुझेका  बुझिन्छ । देश र जनताका कुरा त्यहाँ रसिकहरूकाे जुवारीकाे रूपमा मात्र मञ्चन हुने गरेकाे पाइन्छ – जुवारीमा नारिने शब्द र वाक्यहरूले कहीँ कतै अभ्यासकाे धरातल टेकेकाे नपाइनु कसरी अस्वाभाविक हाे र !

लाेकतान्त्रिक गणतन्त्राेत्तरका यस्ता बिडम्बनापूर्ण हरकतलाई बुँदागतरूपमा लिपिवद्ध गर्नु भनेकाे झन्नै-झन्नै नदी किनारकाे बालुवा गन्नु सरह भइसकेकाे छ । राज्यका सारथि भइखाइरहेकाहरूका उदरम्भी प्रवृति र तिनका आशेपासे, झाेलेझमेलेहरूका लुटजीवीके चरित्रबाटै अहिलेकाे बिद्रुप स्थितिकाे उत्सर्जन भएकाे हाे भन्ने नै ‘स्थूल सत्य’ हाे । याे ‘सत्य’-लाई तत्-तत् ऐझेरुहरूबाट कसरी मुक्त गर्ने ? भन्ने प्रश्नले  नेै आजका देशभक्तहरूलाई गाँजेर चिथाेरिरहेकाे छ ! …
•                        बस्, आजलाई यत्ति नै ।