कं.हरिराम बाजेमा ‘लेभी’ ब्राण्ड रक्सीकाे कुलत ?

 ‘व्यंग्यनाराण पाँडे’ 
“हत्तेरिका, कस्ताे सास बढाे हओ एत्ति नाथे सटक हिनेर  तपइँका घराँ आइपुग्दै गाँठे !”- भन्दै आएका कमरेड हरिराम पुरेत बाजेले थप भने -” साँच्चै कुभच्छे नै हाे क्यारे हओ माेराे खाेयाबिर्के झाेल ! बाऊ-हजुर्बाऊले सुँगेका पनि थेनन् , आफ्लाई चइँ बेहानै मुख धाे’र चाइनेकेरे जनेउकाे सिखाले मुखाँ पानी अँचा’र  गाएतृ-साएतृ जपेसि तुरन्ताकाे तु कैलु बेहारीकाे छाप्रे रेसुरेनमा ग’र तेइ झाेल गेलास दुएक नघुट्क्याएसम्मन, बाेलि नै नफुट्ने, आँखै धमिइइइला हुने जैसाे हेभिट लागिगाे…क्यार्ने र !”
उनी अहिले पनि झन्नै तीन क्वाटर जति मातेका थिए र मलाई उनकाे लैफुँगे  गन्थन सुनिनरहन इच्छा नभएकाले उनलाई टक्टक्याउने सुरले भनें-“अब याे कुलतबाट टाढिने हाे भने इन्द्रप्रसाद ओलीकाे ‘चेतना नेपाल’-काे सदस्यता लिनु नि त बाजे ।”
उनले एकाएक रन्किएर भने -” हन के सजेक्सिन दिन्छाै हओ तपइँ हँ ? एत्राे हाेल-टाेट्टल देशकाे रास्ट नै काङरेसकाे डँडाल्नाेमा चढेर एकलउटी जाेतभाेग गरिराख्या पाटीकाे एस छेत्रकाे हाेल यरिआभरिकाे हेट समाजसेबी पदकाे रजगज छाडेर कता ताे जराे-किलाे पाटीका अदच्छेले खाेलाकाे ‘डक्स ब्यान-ड’ गर्ने अभ्यान पाटीमा जा भन्छाै हउ तपइँ हँ ? काेर्यान हाङ जा मुन माताकाे हाेल्ली वाइन् ……धत्तेरिका ! याे पढ्के मुख पनि !…अँ त,  मैले थाेडै आफ्नु पागिटका पाेइसा अथ्बा अनलिगल कमाइका पाेइसा खर्च गरेर  खाेयाबिर्के  खाइराकाे छु भन्ने साेच्या छउ कि क्या हाे हन तपइँले ?”
मैले पनि अमिलाे बाेली काड्दै भनें-“अन्त केका पैसाले राताेदिन मात्ने गरेकाे त यसरी बाहुन मान्छेले ?”
उनले तिखारिँदै र गन्धे थुकका छिटा मतिर प्रक्षेपन गर्दै भने -“हन हामेरू ठूला-स्याना नेता-कम्रेट खलकलाई हामेरका कार्रेकर्ता कम्रेटहर्ले ‘लेभी’-मा जे पनि ख्वाउँदैनन् त अन्तखेरि ? अलिक गरीपले ए’दुई गेलास र त्याँभन्दा माथिकाले एकाध बदल र मासु -मङ्स, भट्वाँस-चिउरा र मूला- पियाज-अदुवाका चाना पनि खिलाइहाल्छन् डेल्लीका डेल्ली । आखिर हामेरकाे पाटी उइल्यैदेखुन् गरीपकाे पाटी-जन्बाधी पाटी त हुँदै हाे क्यारे, कसैले दिन्छ भने किन नखाने त ? लाजसाज माराे गाेली नि ! एसाे गर्न पाउनु कति टेसिलाे हुन्छ भन्ने तपइँ जैसाे अन्कमिनिसलाई के मालम ! हामेरका ‘बा’-ले कालाे कमाइका पउरखी गुरुङ साहेपबड उत्राे जग्गा भूमिदच्छिना  लिंदा नि लाज-शर्म भ’न भने हामेरले ह्वाँ मउसुपभन्दा जान्ने हुन थालिउँ भने भइँदैन दाङका भुतपूर्वक गिर्रेमन्त्री भीउँ राओल अनित्याँड पाटीबड गेटाउटमा परिंदैन ?”
उनले परक्क मुन्टाे बटारे पनि मलाई उनकाे नकचराइँ रमाइलाे लाग्न थालेकाले  केही नबाेली सुन्दै गएँ । उनी ‘सुर’-मा थिए र बेराेक भन्दै गए -“इन्र पर्सात ओलीकाे पाटीमा जा भन्ने तपइँकाे इन्टेलेक्चाेलताकाे बुद्दिलाई  त थुक्क भन्छु म । हामेरका मह्हेश बस्नेतकाे कन्टाेलका इउबा सङका पाखुरेहर्ले उत्राे ठूलाे राजदानी काटमाडुँ बजारकै माजमा पुलिसलाई नै कुट्न थालिसकेका इन्फाेरमिसन पनि छैन रछ इन्लाई र पाे प्याच्च-प्याच्च जे पा’तेइ  बाेल्दा रान् ।”
उनका बटारिएका कुरा सुनेर म एक रील फुल भल्यूम हाँसें मात्र । फेरि पनि  केही भनिन ।
उनले के बुझे कुन्नि । र, अलिक नरम भएर भने -“हामी त बाआआआस्, ‘सुखी एम्माले-सम्मिर्द नेपाल’ भन्ने हामेरका धर्मगुरुहेरू, ती क्या त, मारकस- ल्यालिनका बाटामा सुमुसुमु हिँड्याहिँड्यै । लेकिन, डक्सकाे एगेनेसमा अभ्यान गरिराख्या इन्र पर्सात ओलीसित चइँ मेराे जस्ताे काेदाे, खुदी,  पलास्टिकका थाेत्रा च्याफ्लीहेरूबड निस्कालेकाे  खाेयाबिर्के  झाेल खाने हेबिटलाई नखाने मात्तै हाेइन गन्दै मुन नप्राउने हेबिटतिर टाँचफर गर्ने ट्याउटिसकाे साइकाेलाेजी-जादू छ अरे भन्ने मैले नसुन्या काँहाँ हाे र ! साे-उक्त इन्फाेरमिसन पा’र एखेप भेट्न जाने पाेरगाम पनि बना’र चाइन्जाेकेरे मेरा फ्रेनहेरूलाई छ्यास्स भन्या मात्तै थेँ  केरे, उनेरले त खप्नुखानु गरेनन् । उनेरले त -‘पाटीलाई नभनी-नसाेदी  ती जराे-किलाे पाटीका हिन्धु धरमका  अदच्छे इन्र पर्सातका घराँ गयाै भने त तिमीलाई भीउँ राओल जइसाे पाे बनाइन्छ क्या ।”
मुख चिलाइगाे र मैले फ्यास साेधेँ -“के भनेकाे नि त्याे ? भीम रावल बनाइन्छ भनेकाे के भनेकाे ?”
उनले खिसी गरेकाे हाँसाे हाँस्तै भने -” ल हेर यी लाटा पाँडेले गरेकाे काेइसिन् ! हन भीउँ राओलले हामेरकाे पाटीका ‘बा’-लाई मुन नपर्ने साँचा-साँचा कुरा बाेलिहिंड्या थेनन् ?  हाे तेसाे गरेर पाटीका मान्छे भ’र अन्डिस्पिलिनहीन गरेकामा  हामेरका ‘बा’-ले उन्लाई पाटीबड गेटाउटमा परेका कुराकाे हिस्टाेरी तपइँलाई पिटिस्सै था छैन ? हामेरकाे पाटी त तेस्ताे बजरठिङ्गा पाटी पाे हाे त । काङरेस, राप्पपा, माउबाधी, रासाेप्पा, ‘येक मधेश-येक पर्देश पाटी’  जइसा लाेइताँगे हाे भन्छाै कि क्या हाे तपइँ ? लु तपइँ मान्छे चइँ… लास्टै बिकामे रछाै भन्ने आज्जै था भाे यार ! …र, अन्तखेरी म एति राम्राे खाइपाइ आकाे आफ्नै पाटीकाे ‘समाजसेबी गर्ने’ र जिन्सी लेभी खाँदै डकार्न र गफेडा हाँक्तै हिन्न च्याम्पेन कम्रेट……!”
उनले  वाक्य ननिखार्दै बेस्सरी खाेके र भित्रबाट निस्कासित लेदाे जस्ताे  खकार बरण्डामा रहेकाे फूलकाे झ्याङबाट रलललल गमलामा झर्नेगरी मिलाएर थुके अनि एकछिन अरल्लिएपछि भने -” इन्र पर्साद ओलीजिउकाे डग्सकाे यान्टी गर्ने अभ्यान सक्रिए भएसि मैले गाँजा-भाङ र इण्डेन बाेडरमा पाइने टपलेट,सुइ , केप्सुलहरू त परहरीका डरले छाेडें नि । लेकिन ती मादक ओखति छाेड्न म एता माने खायाबिर्केतिर लग्नु कम्पलसाेरी नै भई गाे । बेहानकाे भात-भान्सा ‘डिन्नर’ गर्नभन्दा ठ्याक्क पैलीबड हाेस् कि बेल्काकाे भात-भान्साकाे  ‘लन्-च’ गर्नभन्दा अग्याड हाेस् , तेइ पड्के  काेदा हाे कि खुदी-कनिका र मान्छेले फ्याँकेका पलासटिसका च्याफ्ली उसिनेर तुर्क्याकाे झाेल, तेइ खाेयाबिर्के प्याट्राले गलाे नभिजाई गाँस छिराेस् त थुक्क साला  ! अज्ज हिज्आज याे हामेरकाे उत्किष्ट पाटीका तरफबड समाजसेबी गर्दै तेसैकाे ‘पत्रकार गर्ने कम्रेट’  गर्न थालेसि त बेहान आँखा फ्यास्स खुलेदेखुन् राती आँखा ननिधाउन्ज्याल आफ्नाे रस्साेबास्साे नै कैलु बेहारीकाे लुकुवा झुपडी-भट्टी रेसुरेनमा छुस्स-छुस्स नछिरे त ज्यानै जाला जइसाे….तेति नभए त बाँत्नै डिफ्फिकल हुने टुङ्गामा पुगाइसक्या छ याे पड्के हेभिटले  ? अरू-अन्ने कुरा त उस्तैतेस्तै हाे, खुट्टै टेक्न डिफ्फिकल्टिक हुन्छ अनि यत्राकाे  समाजसेबी पत्रकार गर्ने जाँगर फुराेस् त ? इ अैले मेरा घराड तपइँका घराँ आउँदाकाे बाटाकाे डिस्टेन करस् गर्दाहुँदी नै स्याँ-स्याँ हुने दिन आई पाे गाे पढ्के !… धन्न आफ्नु ‘गरीपकाे पिउर जनबाधी पाटी’ -का जुन्यार कम्रेट र पारि इण्डेतिराड जनबन गरिखान आउने कुल्ली-कबाडी, मिस्तिरी-मिस्तिरानीहरूले साँदेकाे चाना-मट्टर, पियाज र अदुवाका छिल्कासित खाेयाबिर्के सुइँठ्याउँदै रिल्यास गर्ने कुनाकाप्चाका झुपडी हुटेल दाेगानहेरू था पाइया छ र त्याँ  रा’नीतिककाे पाेल्टिस् खेल्न पुग्दाहुँदी ती सप्पै मेराे पर्साेनालिटिकसँग ड्राउँछन् अनि  कसैले ए’दुई गेलास, कसैले चाना-मट्टर र कसैले बेंडी-खैनी-चुराेसकाे ‘लेभी’ अफ्फरिङ गर्छन् । अनि म इन्र पर्सात ओलीकाे यान्टी डग्स अभ्यान पाटीमा किन गइरनु पराे र तपइँ ताे पाटीकाे लित्ती कसी-कसी पर्चार गर्छाै ?”….
बाेल्दा-बाेल्दा उनकाे घाँटी सुकेकाे भान हुन्थ्यो । उनका ओठका दुईतिर चेपमा घिनलाग्दाे थुक पग्रेर झर्न-झर्न लागेकाे थियाे । उनमा खाेयाबिर्केकाे प्रभाव पनि घटेर ‘ह्याङ’ मात्र क्रमशः प्रखर हुन थालेकाे बुझिन्थ्याे ।
उनी लाेते-लाेते हुँदै उठे र आङ ताने अनि लामाे सास निलेर फ्याँक्तै भने -” इन्र पर्सात ओलीकाे यान्टी डग्स पाटीमा त फिल्हाल नजाने म । डग्सका टपलेट-सुइआ, क्याप्सुल, हिराेएन, चर्रेस-उर्रेस, गाँजा-भाङ-धतुराे अनि त्याँदेखुन् काेनि क्याति-क्याति सुबनाम भ’का मादक जिनिसहेरूकाे ओसारपसारकाे बिलेक-इस्मघलिङ्गे हाेल्सेल-माेस्टकाे बेपार-बिख्नेस मस्तसितले गरिराख्या याँका ठूलाठाला साउ-माजनहेरू इन्र पर्सात ओलीका प्रचा-पाेस्टरिन, धाेजा-पताकाका कारन हच्केछन् । तेसाे भएसि ‘धेरैपए’ डग्सकाे कराइसेस भ’छ भने ‘कतिपए’ इजिलै पाइने डग्स पनि मुँगिएछ माने तेब्बर-चउबरै मुगाे भ’छ । तेसाे हुँदाखेरिन् डग्सका उपरभाेक्ता जुल्फे, कुण्डले, सुइपे-सुइपेनी, हुइपे-हुइपेनी, कउडे-कउडेनी, काइटे-काइटेनीदेखुन् स्कुल-कलेजका फाएब्टी-सिक्टी परसेन् स्टुड्यान-स्टुड्यान्नीहेरू – जाे डग्सका फ्यान र लभर- लभरनी  छन् ,तिनेरू  हाेल-टाेट्टल रिसाएर एङरितम् भका छन् भन्ने मलाई इन्फाेरमिशन भइरछ । तेसाे भया हुँदाउँदी पनि म इन्र पर्सातजिउले चलाइसेकाे  डग्सलाई  एगेनेस गर्ने पाटीमा जाँदा ती सप्पै उपरभाेक्ता-उपरभाेक्तानीहेरूबड मैले कुटाइ-धुलाइ  खाने एब्दम खतरा हुनु सिउरली छ । तेसकार्ण  मेरा छेउमा इन्र पर्सातजिउकाे नाम आउँदा पनि म डरले थिर्लिङ हुन्छु, मेरा पेटाँ र मुटुमा हेडेक हुन्छ, मेराे मगजकाे किड्नीले काम गर्न छाेड्छ, मेराे पेसाप कट्टुमै…. छ्या !…. र, अैले म तपइँबड चाेइटिएँ पनि बरु ।… फाेकटकाे ट्यान्सिन किन बिहाेनु गाँठे  !”…..
उनी एकाएक गन्गनाउँदै  हतार-हतार बाटाे लागी पाे गए त !….
म भने मैभित्र छक्क परें – एक भन्नु न दुई !!…..