प्रज्ञा एकाडेमीका संस्थापक इशुभ पाण्डे प्याव्सन कोशी उपाध्यक्षमा निर्विरोध

भद्रपुर । भद्रपुर ९ स्थित प्रज्ञा एकाडेमीका संस्थापक÷प्रिन्सिपल इशुभ पाण्डे प्याब्सन कोशी प्रदेशको उपाध्यक्षमा निर्विरोध चयन भएका छन् ।

झापा भद्रपुर १० निवासी पाण्डे सहित झापाबाट वरिष्ठ उपाध्यक्षमा कोषराज प्याकुरेल, सचिवमा गौरीमान फागो तथा सदस्यहरूमा क्रमस ध्रुब गौतम र भानुसिंह राजवंशी प्याब्सन कोसी प्रदेश समितिमा निर्विरोध चयन भएका हुन् ।

इटहरी स्थित दुर्गा पाटी प्यालेसमा आयोजित अधिवेशनले सवै पदमा नेतृत्व चयन गरेको हो ।