‘समाजसेवी गर्ने’ कमरेड हरिराम बाजे, भाँगाटुटे बिहारी र म !
– ‘व्यंग्यनारान पाँडे’
” जैरामजी काक्का…. कुछ पुर्ना कागत-कपी, पुर्ना माेबिल, पुर्ना बइटरी मिल्छ काक्का इता ?”-एउटा कल्चुँडे बिहारीले टाउकाेमा बेरेकाे ‘बिहारी-ब्राण्डकाे राताे गाम्छा’-ले चिसाे बिहानले पग्रेकाे सिँगान हातैले लाेत्क्याउँदै भन्याे ।
बिहारीहरू सानाे स्वरमा बाेल्न जान्दैनन्, याे पनि बिहारीकाे ‘जात जनाउने’ वा उनीहरूकाे पहिचानकाे एउटा कडी नै हाे कि !
मैले त्यसकाे टाउकादेखि खुट्टासम्म हेरें ! कठैबरा त्याे गरीब देखिने जीव !!…. इण्डियन प्र.मम्. नरेन्द्र माेदीकाे ‘विकास र समृद्धि’-काे रङ्गिला भाषण सुन्दा-सुन्दा कान बाँझिएकाले हाेला नि त्यति चर्काे बाेलेकाे ? र, मैले पनि गलाेमा अँटाई-नअँटाई स्वर काेरल्दै , आफूले जानेकाे इण्डियन राैआ बाेलीमै, भनें -“टाेइलेटकाे पिछुनतिर फ्याँकेका हाेता हाए ओस्ता रद्दी जिनिस । हेरिए न उता जाके । र, काम लाग्ता हाए त लैजाऊ, हामकाे काम नइ लागेका हाय ताे ओस्ता खिचिरमिचिर ओतै फ्याँक्ता हाय सँद्दै । आँप, चाइन्जाे, जाकर हेरिए अन्तखेरि लैजाइए ।”
यसैबेला अलिक एब्नर्मल-एब्नर्मल मुड प्रस्ट देखिने छाँटछटामा कमरेड हरिराम पुरेत बाजे टुप्लुक्क पदारे र आँगनकाे गेटैबाट धाेद्रे र हुकुमी स्वरमा, साँढे झैं, डुक्रिए -“ओउ भइयाजी, यी पाँडेजी ने आप जइसा हाम्रा दख्खिनी छिमेकी चाइँनेकेरे मित्रास्टका नाग्रिकलाई पइखाना-लेटिनकाे पिछुनकाे ठस्स गनाउनेमा जाउनेकाे काहा अउर आप झ्याक्ने भाँगाटुटे बेहारी उदर जाने लागा हाय ? …ठेरिए-ठेरिए, इस ट्याममे हामेरकाे नेपालमे जनबाधी कमिनिस सर्खार हाय हओ, क्या डराउता हाए यार ? हाम ऐन माैका-चानसमे याँहीँ आइपुगा हाए नि ।”
उनकाे ‘चनामटर मिस्कट’ भाषा सुनेर हाेला भाँगाटुटे बिहारीले पनि उसका, पान र गुट्काकाे खिया लागेका, घिनलाग्दा दाँत देखाउँदै भन्याे- “के कर्नु मालिक, पुर्ना माल ओतै फेँकाकाे पाउन्छ ताे मैं ओतैदिखि इकट्टा करिलिन्छुँ । पाखाना-उखाना से माल उठानु पाउन्छुँ ताे थाेडा सस्ता भी ……”
भाँगाटुटे के भन्न लाग्दैथ्याे, कमरेड हरिरामले उसलाई उछिन्दै भने-“अरे यार, हाम एत्ना भामट देश फन्फनी घुमाउता पाटीकाे झाेला बाेक-बाेककर हाल ‘समाजसेबी’ गरिराख्या आदमीले जाे भनेगा साे चाइँनेकेरे खुरुक्क नैमान्ता ताे हाम आपकाे रबि लाम्छानेके हबिगतमे भी पुगाउन सक्ता हुँ, किउँ अँटेर बन्के घुँडामा बञ्चराे हान्ता हाए हओ लठ्ठक बेहारी भइया ? आप चाइँन्जाेकेरे हमारा बात नपत्याउता कि के हँ ?”
विचरा भाँगाटुटेले काे हाे रबि लामिछाने र उनलाई कसले के हविगतमा लछार-पछार पारिराख्या छ भन्ने के बुझाेस् ! र, उनका कुरातिर ध्यानै नदिए जस्ताे गरी शाैचालयतिर लागेपछि मैले कमरेड हरिराम पुरेततिर हेर्दै हाँसेर भनें -“ए कमरेड पुरेत बाजे, त्यसले तपाईंकाे धम्की पनि टेर्दै पाे टेरेन त नि ?”
मनेर आउँदै उनले लेघ्राे तानेर भने -“नटेरे नटेराेस् न त, मेरा बाऊकाे के जान्छ ? बाऊ नै उइलेइ सुँइकिगए केरे ! ‘मिसिन अएट्टीफाेर’-सम्मै याे पढ्के एतैतिरै भाँगाटुटा साेर्ने काम गरिरन्छ कि बेहारतिरै अन्भरिन्छ काेनि ! कि उतिखेरसम्म एतै भाँगाटुटा साेरसार पारेर र दाइने-देब्रे समेत गरेर गाेर्द्राे रुप्पे-पाेइसाे कमाइओरी काङरेसमा पाे लागिसक्छ कि ! डर त तेता पाे …तेसाे भाे भने एस पढ्केकाे मलाई के काम ? मैले मेराे ‘सामजसेबी’ काम गर्ने हाे, ढिप्पी गरेर तपइँकाे लेटिनकाे पइखानातिर नजा हए,राेग सङ्कर्मण हुन्छ, भनी-भनी राेक्न त लागिरछ खाँचाे । ”
मैले जिज्ञासा राखें -“याे ‘समाजसेवी गर्ने’ काम सरकारी हाे कि कस्ताे हाे नि बाजे ?”
उनी निधार चाउरी पारेर अँध्याराे भए र अलिक जर्कटे बाेली काेरल्दै भने -“तपइँ हामेरकाे सर्खारी पाटीका कुन इसटाण्डरका कम्रेट हाेउ र मैले मेराे पेशाे सनबन्दी गाेप्पेताकाे खुटुखुटु कइरान् लाउनु हउ हन ? कि मैले ताे भाँगाटुटे बेहारी पढ्केसित ‘समाजसेबी गरेकाे’ तपइँलाई मुन परेन हँँ हउ पाँडेजी ? पर्थमतह हामेरकाे डिप्लाेम्याटिस रिल्लेसिनले फक्किइराख्या इण्ड्यान गाेरमेनकाे सिट्टिज्यानलाई टट्टिखानकाे खित्रिङमित्रिङ किल्लेरिङकाे काम लाउनै नहुने तपइँले । कि उल्लई उस्ताे फाेरी काममा ला’र तपइँले आफ्लाई मभन्दा पाेल्टिस्यान गर्न र पाेल्टिस खेल्न जान्ने ठानेका हाेउ हओ , हँ ? हाेइन भने मसित किन जाेरी खाेज्छाै तपइँ ? कि तपइँलाई पनि रबि हुने भूत सभार भयाे हँ ? निउँ नखाेज हए …!”
उनले मुन्टाे फर्काएर आँगनतिर ह्वास्स ‘खाेयाबिर्के’ गन्हाउने थुक प्याच्च थुके र जुरुक्क उठे अनि पञ्चायती नगर पञ्चायतले बिष खुवाएका कुकुर ‘गाेरखापत्र’-मा मरेर यहाँ चाहिँ लर्बराउँदै ज्यूँका त्यूँ धतुराएर हिँडिरहे झैं हिंडन खाेज्दै भने -” हामेरकाे पाटीले अब दुई सहे तीस र आट अट्तीस बर्खसम्मन याे देशलाई एसै अँठ्याकाे-उसै अँठ्याकाे छ भन्ने दिमाखकाे किट्नीमा आइड्या नभका एस्ता पर्तेगामी चाइनेकेरे अन्कमिनिससित मेराे कन्टेक छ भन्ने मेसेच ‘बा’-कहाँ पुगाे भने मेराे ‘समाजसेबी गर्ने’ जागिर चट् ! हत्तेरिका, म काेसित डिस्केस गरेर घुँडामा बञ्चराे हान्दैरछु छ्या !….म त विनाेध चाैध्रीकाे जैसै दिमाखमा बल्याे किट्नी भ’काे परसाेनालिटिक पाे …..”
उनी निकै परसम्म थप के-के बर्बराउँदै लम्फ्याङ-लम्फ्याङ बाटाे लागे ।….
लगत्तै जस्ताे भाँगाटुटे टाेइलेटतिरबाट उसलाई काम लाग्ने सामान लिएर आँगनमा आयाे र भन्याे -“कति रुप्पा दिनु सर ?”
मैले सजिलै भनें -“ए… त्याे फ्याँकेका थाेत्राकाे के पैसा लिनु, लैजाऊ ।”
त्यसले किच्च हाँसेर के भन्न आँट्तैथ्याे, कमरेड हरिराम बाजे फेरि हतारिँदै आइपुगे । उनी, उनले अघि मेराे बरण्डाबाट बाटाे लाग्दा, ‘खाेयाबिर्के’-काे करामतले हाेला, एउटा उनकाे र एउटा मेराे चप्पल लाएर गएका थिएछन् र साे साट्न आएका रहेछन् । उनले मतिर हेर्दै र निधाार कन्याएर आफ्ना आँखा मसँग छेल्दै चप्पल साटे र भाँगाटुटे बिहारीले बटुलेका थाेत्रातिर हेर्दै भने -” ए भइया, उ ती नीला बट्टा क्या, हर्पेक साबुनका दाेडा बट्टा…र त्यसैकाे बुरुस चाइँ मलाई बेचेगा ? कत्ना पाेइसा लेगा ? आजमे मेरा पागिटमे पाेइसा नइँ हाए, नेस-ट्याम आप आउता हाय न ? हाे, उस ट्याममा लेना ।”
विचरा भाँगाटुटेले -“लिहाल्नु” भन्दै दियाे र भन्याे -” याे पुर्ना बट्टा हजुरकाे कि काम हुन्छाे ?”
उनले भने -” हाम ‘समाजसेबी गर्ने’ ब्याक्ति हाय, हमारा घरमे अनेक किसमका मान्छे आउता हाए अउर टाेइलेटकाे टट्टीखानमे भी पस्ता हाए – पेसाप पगार्न र काेइ-काेइ टट्टी गिराउन पनि । हाम यी हर्पेकका बट्टा र ताे दल्ने बुरुस उस ठाउँमे राखेगा त उन सबी लाेक देख्ता हाय अउर ओइसै गर्न सिक्ता हाय क्या त भइया । आप झ्याक्ने किउँ हामसे कारण पुछ्ता हाय ? याे ‘समाजसेबी गर्न’ ब्रेनकाे इन्टेलेक्चुलता कति चाइँछ कति नि । आप चाइन्जाे ओइसा फाे’री बिख्नेस कर्ने लठ्ठककाे क्या मालम !”…..
यति भनेर दुईटा हर्पेकका थाेत्रा बट्टा र एउटा थाेते भएर फ्याँकिएकाे ब्रस ती त्यसरी ‘पछि पैसा तिराैंला’ भनी उधाराे मागेर काखीमा च्यापे कमरेड हरिराम बाजेले अनि निर्लज्ज तुइँतुइँ बाटाे लागे । उनीतिर छक्क परेर निर्वाक हेरिरहेकाे भाँगाटुटे उपहासकाे मुस्कान खिसिक्क मुस्कायाे र खैनी माेल्न थाल्याे ।…. म चाहिँ काेठामा पसें र ओछ्यानमा पल्टिएर ….. “समाजसेवी गर्ने ?”…..भन्दै आन्द्रा बटारिने गरी हाँसेर याे वर्तमानकाे खिन्नताले अमिलिएर कचल्टिएकाे मनलाई शान्त पार्न थालें ! म बबुराे ‘भूइँ नागरिक’-सँग यसबेला अर्काे त के नै उपाय पाे थियाे वा छ र बरा !! …..