अलपत्र अरनिकाे भवन
अरनिकाे मा बि भवन अलपत्र पारेर चिसाे र गर्मीमा कष्ट काटन बाध्य बनाउने जि स स र माध्यमिक तहकाे शिक्षाकाे अधिकार स्थानीय तहमा हाम्राे हाे भन्ने स्थानीय सरकार अब के गर्छ ? टलुटुलु हेरिरहन्छ कि हामी पहल गरिरा छाै भनेर 5 बर्षे समय काट्न अभ्यस्त भइरहन्छन ।
अाफु ए सि काेठामा बसेर शिक्षाका गुणस्तर खाेज्दै गर्दा झ्यालढाेका बिहिन काेठामा जाेखिम माेलेर पठनपाठनमा सामेल अादिबासी , जनजाति न्यून अाय भएका बालबालिकाहरू प्रति यसरी अनुत्तरदायी हुनेहरूले शिक्षामा नयापन र साेच ल्याएर सुधारकाे प्रकृया थालनी गर्छन भनेर साेच्नु पनि अब गलत हुन सक्छ ।
बिगतदेखि बर्तमान सम्म एकजना जिल्ला शिक्षा अधिकारी छ जसले एउटा बिधालय सुधारेकाे छ अनि यदाकदा अपबादलाइ छाेडेर कुन चाहिँ स्थानीय तहले शिक्षामा राज्यकाे नीतिलाइ अंगीकार गरेर पूर्ण निशुल्क काे राम्रा बिधालयहरू संचालन गरेकाे छ ।
दुइचार थान पाेसाक र कपीकलम दिएर अाफ्नाे कार्यकाल स्वर्णिम ठान्ने स्थानीय सरकार प्रमख ले तलब भत्ताकाे ब्यबस्थापन गरेकाे छाै भन्ने लाग्छ भने त्याे राज्यले श्रम गरेबापत दिने पारिश्रमिक हाे भनेर बुझ्दा राम्राे ।
सामुदायिक बिधालयकाे वास्तविक समस्या के हाे र शैक्षिक ब्यबस्थापन काे कुन कुन अबयबहरूलाइ जाेडदा त्यसकाे गुणात्मकता बढछ भन्ने कुनै बहस छलफल सम्बन्धित क्षेत्रका बिज्ञहरूसंग कहिल्यै नगर्ने अनि राजनीति भित्र शिक्षाकाे र शिक्षकाे लहराे जाेडेर गाठाे पार्ने प्रबत्ति बढदै जानू अाजकाे सर्बाधिक चिन्ताकाे बिषय हाे । हाम्राे शिक्षा समाजबादी हाे कि पुजीबादी ?
शिक्षामा स्थानीयताकाे अवधारणा कसरी जाेडने ?स्मरणकाे परिक्षालाइ गुणस्तरीयता मान्ने परिपाटी सुधार गर्दै लाने कि स्टाटिक हुने ? यस्ता यावत प्रश्नकाे उत्तर शिक्षाका कथित शिक्षाबिदहरूले , हाकिमहरूले दिने सामर्थ्य राख्छन ?
अाउनुहाेस सार्बजनिक शिक्षाका बिषयमा बहसकाे थालनी गराै । शिक्षालाइ जीवन पद्धतिमा जाेडाै , जीबनाेपयाेगि सीपकाे प्रकृयालाइ सिकाइकाे अवधारणामा एकीकृत गराै ।!
अरनिकाे मा बि काे अलपत्र भवनकाे पुनः निर्माण गर्न 17 सदस्यीय बिधालय भवन मर्मत , अार्थिक संकलन समिति गठन भएर रसिद , छाप र बैंक खाता खुलिसकेकाे सन्दर्भमा यहाका जनप्रतिनिधि हरू , सांसद स्थानीय सरकार , प्रमुखहरू, समितिका सदस्यहरू चन्दा संकलनमा हिडदै गर्दा कसरी टुलुटुलु हेरिरहने सामर्थ्य राख्छन , समयले बताउला र त्यसकाे हिसाब राजनीतिक जीबनकाे कालखण्डमा पक्कै पनि ने नै छ !!