जलवायु परिवर्तनका कारकहरू
प्रकाश अधिकारी
पृथ्वीका सबै कुराहरु असल र शुद्ध बनेका छन्, मानिसले तिनमा हात हाल्छ र ती कुराहरूलाई अशुद्ध र खराब तुल्याउँछ । ऊ जबर्जस्तीसँग एउटा माटोलाई अर्कै माटोमा हुने फसल पैदा गर्ने बनाउँछ । एउटा वृक्षलाई अर्कै वृक्षमा हुने फल फलाउने तुल्याउँछ । ऊ काल बेला, ठाउँ र प्राकृतिक अवस्था बुझ्दैन त्यसैले अलमलिएको छ । उसले सब कुरालाई कुरूप तुल्याउँछ र नाश गर्दछ । जुन कुरा नराम्रो र भयङ्कर छ त्यस कुरालाई मन पराउँछ । प्रकृतिले जुन बनाएको छ त्यो कुनै कुरा पनि ऊ रुचाउँदैन । आफ्नै सजातीय मनुष्य पनि उसको दृष्टिमा चढ्दैन ।
वातावरणलाई अशुद्ध पारेर प्रकृतिलाई हाँक दिएको छ मानिसले । वातावरण अर्थात् वायुको त्यो राशि जसले पृथ्वी, ग्रह वा पिण्डलाई चारैतिरबाट घेरेर बसेको हुन्छ । वातावरणको मूल श्रोत जलमण्डल ९हाइड्रोस्फेयर०, वायुमण्डल ९एटमस्फेयर० र पृथ्वी स्वयं हो ।
जसरी तरल पदार्थको आफ्नो आकार नहुनाले राखिएको भाँडाको आकार नै उक्त तरल पदार्थको आकार हुन्छ त्यसैगरी पृथ्वीका जीव र बनस्पतिको आकार वा रुप वातावरणले निश्चित गर्छ, जनावर र विरुवाको आकार वातावरणले आकृत गर्छ । यो नै विकास हो । मानव समेतको जीवनको अस्तित्व, निर्वाह, विकास आदि वातावरणद्वारा निश्चित छ । त्यसैले मानिसको पालनकर्ता र जीवनाधार वातावरण हो । हामीलाई सुखमय र स्वास्थ्य राख्ने रक्षाकवच पनि वातावरण नै हो । वातावरण अचानक परिर्तन हुनुको अर्थ जीवन र बनस्पतिमा बिपत्ति आउनु हो ।
पृथ्वी साडे चार अरब वर्ष पुरानो हो । यो उमेरमा आइपुग्नु उहिले धेरै वातावरणीय परिवर्तनहरू धरतीले खेपिसकेको छ । शिशुकालको पृथ्वी पग्लिएको चट्टान हो । त्यसपछि शून्य तल एक सय अथवा धेरै डिग्रीसम्म सतहका तापक्रमहरु बदलिएका छन् । अहिलेको सुख्खा भूमिमा समुद्रहरू बनेका छन्, पछि हटेका छन्, अनि फेरि बनेका हुन् । प्राचीन समुद्रतलबाट पर्वतहरू उठेका, ध्वंस भएका, फेरि उठेका हुन् । यी चरम परिवर्तनहरू भएर सूक्ष्म आकृतिहरुको विकास भएको मानिन्छ । यी जीवहरू यति कमजोर छन् रासायनिक गठन, तापक्रम अथवा चापमा अनपेक्षित रुपमा अलिकति पनि आन्तरिक परिवर्तनहरू भएमा तिनीहरू छिट्टै निर्जीव बस्तुमा विघटन हुनसक्छन् ।
अहिलेका मान्छे ९होमो सेपिएन्स० को अस्तित्व यो पृथ्वीमा देखिएको ३ लाख वर्षजति मात्र भयो । झण्डै पाँच हजार वर्षको मानव सभ्यतामा उल्लेख्य केही नभएको कुरा विगत दुई सय वर्षमा मानिसले गरेका कामहरूको परिणाम स्वरुप वातावरणमा उल्लेख्य उथलपुथल भएको छ । यो उथलपुथल मानिस(मानिस, मानिस(प्रकृति, प्रकृति(प्रकृति, मानिस तथा अन्य जीव, जीव(जीव आदि बीचको संघर्ष, मेल वा सहजीवनको इतिहास हो ।
मानिस बाहेक सबै जीवहरूको बासस्थानको नियत छ । त्यो बासस्थानमा त्यो प्राणी साधारणतः मिलिसकेको हुन्छ, उसको विशिष्ट जीवन शैली हुन्छ । जस्तो, ट्रट माछा चिसो खोलाको पानीमा, गैँडा सिमसार र घाँसे मैदानमा रहन्छ, इत्यादि । यदि अन्य जीवद्वारा उक्त बासस्थानमा अतिक्रमण भयो भने संघर्ष हुन्छ । बासस्थानमा अनुकूल भैसकेकाले अर्कोलाई हराइदिन्छ, हटाइदिन्छ र अदृश्य पारिदिन्छ । बासस्थान परिवर्तनशील हुन्छ, त्यो परिवर्तशीलतासँग मिल्न नसक्ने जीव पनि विलुप्त भएर जान्छ ।
प्राणी गैह्रले वातावरणसित ‘मिल्न’ शरीरलाई अनुकूल बनाए, यथा, घाँस चर्नेको खुर, मांसाहारीको विशेष दाँत, लोखर्के जस्ता जीवहरूको जमीन र रुखमा दुबैमा निर्भर हुनसक्ने पञ्जाको विकास भएको देखिन्छ, इत्यादि । मानिसले मात्र शरीरलाई अनुकूलन पार्नुको सट्टा वातावरणका हाँकहरू स्वीकार गर्न आफ्नो मगजलाई खियायो । हतियार बनायो, जाडोबाट बच्ने कपडा लगाएकोले छालामा रौँ उम्रनु परेन, उड्नका लागि पखेँटा चाहिएन नतः पानी मुनि जान शरीरमा विशेष अङ्ग । आफ्नो फाइदाका लागि आगोको प्रयोग र नियन्त्रण गर्न जानेकोले पकाएको नरम खाँदा मानिसका ठूला शक्तिशाली दाँत र बङ्गरा कमजोर भए भने घामको विकिरणबाट शरीरलाई बचाउन छालामा रौँको सट्टामा रंग विशेषको विकास भएको पाइन्छ ।
यदि मानिस आफू विकसित भएको क्षेत्रमा मात्र सीसित भएर रहेको भए अनुकूलता ९एडाप्टेसन० लाई वातावरणमा मिलाउने काम सरल हुने थियो । तर आफनो विकासको पहिलो दिनदेखि नै मानिस गतिमा छ । शिकारी भएदेखि नै ऊ संग्रहशील संस्कृतिमा बाँचेको छ । त्यसैले उसले पृथ्वीको विशाल भू(खण्डलाई ढाकेको छ । जलवायु र संस्कृति परिवर्तनले मानिसलाई आफ्नो अनुकूलन वातावरणदेखि निकै टाडा बसाइ सर्न उत्साहित पारेको छ । उसको प्रत्येक नयाँ लम्काइले वातावरणलाई गहिरो आघात पुर्याएको छ । मानिस पशुपालन, कृषि, औद्योगिकीकरण भएर आजको औद्योगिक जटिलतामा आइपुगेको छ ।
कृषि क्रान्ति भए यता विशाल औद्योगिक प्रगति भएर पनि मानिसले खाना प्राप्तिका लागि माटामै भर पर्नु परिरहेछ । पृथ्वीमा मानिसको जीवनको लागि आवश्यक यौगिक र तत्वहरूको एउटा जटिल मिश्रणको रुपमा माटोले कुनै खास क्षेत्रको परिस्थितिमा एउटा प्रमुख भूमिका खेल्दछ । विरुवा र जीव(जन्तु दुबै नै पौष्टिक तत्वका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा माटोमै निर्भर हुन्छन् । बढीरहेको जनसंख्याको उदरपूर्ति माटोबाट हुने उब्जनीद्वारा हुन्छ । माटोको उर्वरता बढाउन रासायनिक मलको प्रयोगले माटोको बायुछिद्र ९पोरोसिटी० कम गरिरहेछ र विषादीको प्रयोगबाट बिनासकारी र उपयोगी दुबै खालका किराहरू मर्ने त छदैछ, उब्जाबाली विषाक्त हुनाले खानेलाई तत्काल असर देखिने गरेको छ । उद्योगहरुबाट निस्कने कचर ९एफ्लुएन्ट० ले माटोलाई प्रदुषित गर्छ भने सिंचाइबाट माटोको लवण वृद्धि हुन्छ र अक्सिजन घटछ, परिणामतः माटोको उर्वरता पनि घट्छ ।
एक अंग्रेजी कविको कवितामा “हजारौँ मानिस प्रेम बिना पनि बाँचिरहेका छन् तर एउटा छैन पानी बिना बाँचेको” । हामी साना छँदा इन्द्रले वर्षात गराउँछन् भनेर सुनिएको थियो । सौर्य उर्जाले समुद्रको पानीलाई वाष्फ बनाएर उडाउँछ, अनि यसरी जल वाष्फको ठूल्ठूला परिमाणहरूले माथिका वायु राशि भरिन्छन् । जब यी गरम, आर्द्र सामुद्रिक राशिहरू चिसो, शुष्क हावासित ठोक्किन्छन् वर्षा हुन्छ भनेर पढियो । “८५ प्रतिशत रोगको निवारण असल पानी, खान हुने पानी गाउँ गाउँमा पुर्याइदिने हो भने स्वतः हुन्छ” भनेर आधा शदी अघि भन्ने एक जना प्रसिद्ध नेपाली राजनीतिज्ञको भनाइलाई बहुधा उद्धरण गर्ने गरिन्छ तथापि कवि क्लरिजको “जताततै, पानी पानी, पिउनलाई एक थोपा पनि छैन” कै स्थिति हाम्रो छ । ‘असल पानी’ को निश्चित गुणस्तर हुन्छ । त्यसमा अवाञ्छित सम्मिश्रण भयो भने प्रदुषित हुन्छ, यो सम्मिश्रण मानिसको कारणले भैरहेको छ ।
हामी वरिपरि बहने हावाको बारे बिचार गर्दा हजारौँ वर्षसम्म दाउरा, हुनसक्छ गुइँठा पनि, झ्यासझुस इन्धनको रुपमा प्रयोग गरियो । तर केही समयपछि कालो, चम्किलो, अनौठो तवरले कम तौल भएको ढुङ्गाले दाउराको आगोभन्दा धेरैबेरसम्म टिकिरहने निकै तातो आगोको राप बनाउन सक्छ भन्ने पत्ता लाग्यो । पत्थर कोइला र जिवास्मबाट बन्ने अन्य इन्धन ९फोसिल फुयल० प्राकृतिक ग्यास, डिजेल, पेट्रोलबाट निस्कने सल्फरडाइअक्साइडका रापहरूले हावालाई यति प्रदुषित पार्यो कि औद्यौगिक मुलुकका औद्यौगिक शहरहरूमा यसको कारण सामान्य मृत्युदर २ भएको इतिहास छ । यसको प्रकोप अहिले उत्कर्षमा छ ।
मानिसको भिड, सवारी साधनहरू र कारखाना आदिको कोलाहलले ध्वनी प्रदुषण गराएको छ । ध्वनी प्रदुषणका कारण ‘एड्रेनेलिन’ नामक पदार्थ शरीरमा बन्दछ जसले ह्रदयगति र रक्तचापलाई प्रभावित पार्दछ । यस पदार्थबाट मांसपेशीमा तनाव, टाउको दुखाइ, अनिद्रा, मानसिक तनाव, कोलोस्ट्रोलमा वृद्धि जस्ता समस्याहरू उत्पन्न हुन्छन् ।
घर वातावरणकै एउटा रुप हो । ‘वन्य प्रदेश’ले शत्रुता अनि खतरनाक आकृतिहरू ल्याउँछ, घरले व्यक्तिगत सन्तोष र कल्याणको भावनालाइ बढाउँछ । तर दुर्भाग्यवश जब घर खाँदाखाँद गरी बनाइन्छ वा कोठाहरु विशाल टावर जस्तो गरी उठाइन्छ तब सबैभन्दा असल कृषि भूमी वा राजमार्गका दायाँ बायाँका राष्ट्रिय वन मासेर विकास गरिएका शहर, बजारबाट निस्कने फोहोरले नदी, खोला प्रदुषित हुन्छन् । नेपालको जनसंख्याको ६० प्रतिशत ‘नगरपालिका’मा बसोबास गर्ने भैसकेको छ । नगरीय जीवनको एउटा चरित्र यातायात प्रणालीमा निर्भर हुनु हो, यसले हावालाई दुषित पार्छ । ‘इकोसिस्टम’मा भू उपयोगको महत्व भएरै यससम्बन्धी नीति(ऐन बनेका छन् तर बलिया स्थानीय राजनीतिक र आर्थिक दवावका सम्मुख त्यस्ता साधनहरु सो पिस’मा सीमित छन् ।
अहिलेसम्म मान्छेले बनाएका भौतिक सामग्रीको कुल तौलले पृथ्वीमा भएका सबै जीव–जनावर र वनस्पतिको संयुक्त तौललाई हालै मात्र उछिनेको छ ९विज्ञान पत्रिका ‘नेचर’को डिसेम्बर २०२० को अंक० । पृथ्वीको आयुको सापेक्षतामा टुप्लुक्क देखापरेको मानिसले विगत २०० वर्षमा गरेको विकास कति वातावरण मैत्री रहेछ भन्ने कुराको नतिजा जलवायुको तीव्र परिवर्तन हो । जलवायु परिवर्तन नियमित प्राकृतिक प्रक्रिया भएता पनि प्रदुषित वातावरणले यसलाई तीव्रता दिएको छ । भूमण्डलीय वातावरणमा आएको परिवर्तनले पृथ्वीको सतहमा ल्याएको परिवर्तनको फलस्वरुप जीव र बनस्पतिको उत्पत्ति, विकास र विनास निर्भर गर्छ ।
जलवायु परिवर्तनकको तीव्रताको असरले वायुमण्डल तातिदै जानाले हिमाली भेगको तापक्रममा र सामुद्रिक सतहमा वृद्धि भैरहेको छ । योबाट सबैभन्दा धेरै प्रभावित गरीव, भूपरिवेष्टित र पर्वतीय मुलुकहरूमा नेपाल पनि पर्छ । हाम्रा घरहरू पत्थर कोइला, तेल, प्राकृतिक ग्यास वा बिजुलीबाट शायदै ‘वातानुकूलित’ छन् नतः हामीले हरित गृह ग्यासको अत्यधिक उत्सर्जन गर्ने उद्योग, सवारी साधन आदिको सञ्चालन नै गरेका छौँ । एउटा अध्ययन अनुसार जलवायु परिवर्तनका लागि सवारी साधन र कलकारखानाको धुवाँ जति जिम्मेवार हुन्छ त्योभन्दा बढी गाईको पेटबाट निस्किने मिथेन ग्यास जिम्मेवार हुन्छ । ग्रिनहाउस ग्यास मध्ये पर्ने कार्बन डाइअक्साइडको तुलनामा मिथेन ग्यास वायुमण्डलका लागि अझ बढी खतरनाक हुन्छ । यी सबै ठूला अर्थतन्त्र भएकाहरूबाट भैरहेको छ । यो हाम्रा लागि ‘नखाएको विष’ समान हो । यसले नानाथरीका असरहरू देखाइरहेको छ, त्यसैले यो महाप्रलयको जोखिम बन्नसक्ने कुरा हो ।
श्रृष्टि र संहार चलिरहने चक्र हो । यो महाप्रलय आउन नदिन धनीहरूकै हातमा छ । मानव सभ्यता पूर्वसूचनाबिना परिवर्तित हुने भौगर्भिक स्वीकृतिका आधारमा टिकेको छ ९सिभिलाइजेसन एग्जिस्टस् बाइ जियलजिकल कन्सेन्ट सब्जेक्ट टु चेन्ज विदाउट नोटिस० भन्ने प्रसिद्ध इतिहासकार विल दुराँको भनाइ पृथ्वीको संरचना, यसमा आउने परिवर्तन तथा तिनका आधारमा भएको सभ्यताको विकास तथा विनास बारेको सार मन्तव्य हो ।अस्तु,