भद्रपुर रेडक्रसको सभापतिमा केदार महत विजयी

भद्रपुर । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा २५३ मतका साथ केदार महत विजयी भएका छन् ।

आज (२०८१ पौष २७ गते) सम्पन्न भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार ८०० मतदाता रहेको भद्रपुर रेडक्रसमा ४४१ मत खस्दा अर्का प्रत्यासी योगेन्द्र पौडेललाईः १६८ मतमा रोक्दै महत विजयी भएका हुन् ।

यस्तै सचिवमा रमेश भण्डारीः २३२ मतका साथ विजयी भए भने निकटतम प्रतिस्पर्धी गणेश गिरीले १९० मतमा सिमिति हुनु परेको छ भने उपसचिवमा प्रमिला कोइरालाः २२४ का साथ विजयी भइन् भने निकटतम प्रतिष्पधीमा तोर्णविक्रम कार्कीः १९३ मतका साथ रहन पुगेका छन् ।

त्यसैगरी खुल्ला ४ सदस्य पदमा रमला बरालः २६५, विकास कोइरालाः २२९, मित्र अधिकारीः २१२, नुतन पौडेलः १९१ मतका साथ विजयी भएको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाममा उल्लेख छ ।