अपाङ्गता भएका ब्यक्तिलाई २५ वटा ह्वील चेयर र ब्ल्याङ्केट
भद्रपुर । साथी सुखमा पनि दुःखमा पनि संस्थाको पहलमा झापाका विभिन्न क्षेत्रमा रहेका शारीरिक अपाङ्गता भएका बिपन्न परिवारका ब्यक्तिहरुलाई २५ वटा ह्वील चेयर तथा २५ वटा ब्ल्याङ्केट प्रदान गरिएको छ ।
विना अतिथि लक्षित व्यक्तिहरू राखेर आयोजना गरिएको कार्यक्रममा साथी संस्थाका सदस्य, सौजन्यकर्ता हरहर महादेवका सदस्य तथा शारीरिक अपाङ्गता भएका ब्यक्ति र परिवारहरु समावेश भएका थिए । कार्यक्रम स्थलसम्म आउन नसक्ने व्यक्तिहरुलाई कार्यक्रम पश्चात् घरमै लगेर समेत सामग्री प्रदान गरिएको थियो ।
हरहर महादेवका सदस्यहरु समाजसेवी तथा व्यावसायी ब्रम्हदेव साहेवाला, गोपाल साहेवाला , बबितादेवी साहेवाला, सान्तप साहेवाला सहभागी भएको साथी सुखमा पनि दुःखमा पनि संस्थाका अभिषेक कुल गोपेशले जानकारी दिए ।