स्काउटको तीन दिने क्याम्प सम्पन्न

भद्रपुर । भद्रपुरमा स्काउटको तीन दिने बृहद क्याम्प विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

भद्रपुर नगर स्तरीय क्याम्प भद्रपुर ९ स्थित पुहातु जन्ज्योती मावि.को प्राङ्गणमा तीन दिनसम्म विविध कार्यक्रम गरी सम्पन्न गरिएको हो ।

स्थानीय आयुक्त बिबेक चौलगाईको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न क्याम्पमा ,नगर उप प्रमुख राधिका कार्की, स्काउटका प्रदेश आयुक्त हेमन्त भण्डारी, वडाध्यक्ष रामप्रसाद दाहाल, राष्ट्रिय प्रशिक्षक शिवकुमार पौडेल, कोशी प्रदेशका किरण बुढाथोकी, प्रदेश परिषद सदश्य द्वय नारायण श्रेष्ठ र शिवानी देवान ,प्रदेश अधिकृत नवराज घिमिरे, शिक्षा शाखा प्रमुख पबित्रा ढकाल, प्रेम भुजेल, योगेन्द्र पौडेल, सामाजिक शाखा प्रमुख जीवनकला राउत, शिक्षक महासङ्घ भद्रपुरका अध्यक्ष पुरुषोत्तम खरेल लगायत स्काउटर ,विद्यालय शिक्षक, स्काउट हितैषी गरी ३५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा दुई वटा सम्मान समेत वितरण गरिएको थियो । क्याम्प चिफ निर्वाह गर्ने अरुण बस्नेतलाई नेपाल स्काउटद्वारा वितरित दीर्घ सेवा पदक र अविछिन्न स्काउटिङ गरेबापत भगिरथ नेपाललाई दोसल्ला सहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो
तीन दिनसम्म चलेको क्याम्पमा मार्च पास प्रतिस्पर्धा ,भेषभुषा र नाटक, पाकशाला, हस्तकला , नृत्य, क्याम्प सजावट, सर्वधर्म प्राथना जस्ता प्रतिस्पर्धा जस्ता सीप परिक्षण समेत गरिएको थियो ।