वैदेशिक रोजगार यौन अपराधको कारक बन्नु हुँदैन
नेपालमा वैदेशिक रोजगार नै मूल आम्दानीको श्रोत बन्ने गरेको छ । आर्थिक उन्नति र व्यक्तिलाई रोजगार प्रदान गर्ने वैदेशिक रोजगारको विकल्प समेत भेटिएको छैन । तर, वैदेशिक रोजगारले घर परिवारमा आर्थिक उन्नति दिलाए पनि व्यक्तिगत तथा पारिवारिक जीवन भने निकै पीडादायक बन्दै गइरहेको छ ।
यस पीडाबाट समाजमा प्रसस्तै व्यक्तिहरू उत्पीडनमा पर्न थालेको अवस्था सतहमा आउँदा अपराधका घटना नयाँ नयाँ रूपमा देखिन थालेका छन् । पछिल्लो पटक देखिएको एउटा सानो उदाहरण झापाको हल्दिवारी– १ गोलधाप बजारमा रहेको द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर एक महिला फरार भएकी थिइन् । बच्चा जन्माएर फरार भनिएकी महिलालाई मात्र उदाहरण लिने हो भने यौन जीवनको असुरक्षित खेलका रूपमा बुझ्न सकिन्छ ।
झापा प्रहरीले शिशु जन्माएर फालेको आरोपमा ती महिलालाई पक्राउ गरेको भए पनि अबैध गर्भपतन गराउने र राम्रो आम्दानीको श्रोत जुटाउने हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरहरू हरेक दिन अबैध काम गरेर मोटो रकम असुली रहेका छन् । सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरिएको जनाउने प्रहरीले महिलाको गर्भपतन गराउन सक्रिय हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरका सञ्चालकका अबैध काम सीसीटीभी फुटेजमा देख्न सक्दैन ।
ती महिला एक नमूना पात्र भए पनि नेपालका अधिकाम्स बस्तीमा बैदेशिक रोजगारका कारण यौन सुखको नाममा व्यक्तिगत र पारिवारिक जीवन भताभुङ्ग हुने महिला पुरूषको संख्या निकै ठूलो छ । महिलालाई श्रीमान वर्षौंदेखि विदेश रहँदा रसरंगको रमाइलो बैंस परपुरूषको भरमा उपयोग गर्नुको बिकल्प छैन भने पुरूषलाई श्रीमती विदेश भए श्रीमानले पनि परस्त्रीको भरमा बैसको रसरंगमा रमाउनुको बिकल्प देखिएन ।
यौनको सुख खोज्ने क्रममा नचाहँदा नचाहँदै अपराधको बाटो लिन समाजले विवश बनाएको नमूना ती महिला हुन सक्छिन् । ती महिलालाई प्रहरीले कारवाही प्रकृयामा त लैजाला तर बास्तविकता भने छाँयामा हराएर अपराधको नयाँ श्रृङ्घला रहिरहने छ ।
प्रहरीका अनुसार सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको छ । घटना विवरण अनुसार क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको थियो । ती महिला पेट दुखेर द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरमा आएको देखिनु र शौचालयभित्रै शिशु जन्माएर फालिएको पाइनुले प्रहरीलाई उनले नै शिशु मारेको आशंका पैदा गराएको छ । ती महिलाका श्रीमाना वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको पाइनु प्रहरीलाई शंका गर्ने अर्को मार्ग बनेको छ । महिला तथा वालवालिका सम्बन्धि कुरा भएकोले हाललाई पक्राउ परेकी ती महिलाको नाम नखुलाइएको छैन । यो वैदेशिक रोजगारीका कारण समाजमा बढेको विकृतिकै एउटा रूप भएको झापा प्रहरी प्रवक्ताको भनाइ छ ।
यी सवै घटना हेर्दा डाइग्नोस्टिक सेन्टर जस्ता स्वास्थ्य उपचार केन्द्रका पछिल्ला आम्दानीका मूल श्रोत वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमान् वा श्रीमतीका अबैध यौनजन्य गतिविधिबाट सिर्जना भएका समस्या ठाकछोप बन्न थालेको छ । ठाकछोपमा समस्या आए अबैध कार्य गर्ने व्यक्तितिर फर्किएर आफ्ना गल्ति उत्तै फर्काइ दिने चलन पनि बढ्दै छ ।
औषधी पसलदेखि क्लिनिकसम्मका पछिल्लो राम्रो कमाई अबैध गर्भपतन बनिरहेको सत्य बुझेर पनि नदेखे जस्तो गरिरहेको सरकारी पक्षको चेत कहिले र कहाँ पुगेर खुल्ने हो ? वैदेशिक रोजगारबाट व्यक्तिगत यौन जीवन र पारिवारिक पीडा बढ्दै गइरहेको प्रष्ट छ । यौनजन्य गतिविधिमा समाज निर्ममम भएकै कारण समस्याको स्वरूप ग्रहण गरिरहेको छ । जैविक रूपमा भन्नु पर्दा मानवीय आवश्यकता रहेको यौनजन्य कृयाकलाप व्यक्तिको बदलिदो जीवन शैलीले अपराधको बाटो बन्नु समाज र देशका लागि समस्या हो । यस समस्यालाई निराकरण गर्न सरकारले नयाा नीति लिनै पर्छ ।