स्वर्गद्वारी कृषि सहकारीको ११ औं सभा सम्पन्न

भद्रपुर । भद्रपुर ८ स्थित स्वर्गद्वारी सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

सहकारीका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट बतच तथा उद्यामी सम्मान गर्दै विविध गतिविधि सहित सभा सम्पन्न गरिएको हो ।

अध्यक्ष थापाले वार्षिक गतिविधि प्रस्तुत गर्दै सहकारीमा महिला ४५२ तथा पुरूष ४७२ र अन्य ११ गरी ९३५ जना शेयरधनी सहित २ लाख ५४ हजार २११ रूपैया खुद नाफा भएको विवरण पेश गरेका थिए ।

उपाध्यक्ष सुरेन्द्र खत्रीले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट बचत कारोवार सम्मानबाट हर्कमाया लिम्बू तथा उत्कृष्ट उद्यमी सम्मानबाट राजकुमार राई सम्मानित भएका थिए ।

प्रकाश भण्डारीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, भद्रपुर नगर सहकारी शाखाका प्रमुख नेत्रप्रसाद पोखरेल, कलवलगुरी कृषि सहकारीका अध्यक्ष नारायणप्रसाद चौलागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।