जीवन ज्योति अधारभुत विद्यालयमा अक्षय कोष
भद्रपुर । झापाको भद्रपुर ९ चन्द्रगढिमा रहेको जीवन ज्योति अधारभुत विद्यालयलाई दाताले अक्षय कोष निर्माणका लागि नगद ५० हजार रुपैया प्रदान गरेका छन् ।
विद्यालय प्रागणमा विहिवार आयोजित संक्षिप्त कार्यक्रममा भद्रपुर ९ देवकोटा चोक स्थायी घर भई हाल अमेरिका निवासी डाक्टर पर्शुराम दाहालले अक्षयकोष स्थापना गर्न सो विद्यालयकि प्रधानाध्यापक निर्मला पाैडेललाई सो नगद रकम हस्तान्तरण गर्नु भएको थियो ।
उहाले रकम प्रदान गर्दै विद्यालयले अक्षयकोष स्थापना गरि उक्त रकमको व्याज बाट विद्यालयमा अध्यानरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्न प्रदान गरिएको बताउनु भयो । उहाले उक्त राशिको रकमलाई पहिलो चरणमा सुरुवात गरे संगै भविष्यमा थप रकम उपलब्ध गराउने समेत जानकारि दिनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले सामुदायिक विद्यालयहरू कठिन अवस्थामा रहेको उल्लेख गर्दै नगरपालिकाले सुधारका लागि नगरको शिक्षाविकाका क्षेत्रमा काम गर्न थप रकम विनियोजन गरेको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुतन पाैडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक गोपिकृष्ण न्याैपाने र स्वागत मन्तव्य प्रधानाध्यापक पाैडेलले गर्नु भएको थियो । वार्ड अध्यक्ष राम दाहाल लगायतका शिक्षक तथा विद्यार्थी अभिभावक लगायतको उल्लेखनीय मात्रामा कार्यक्रममा सहभागिता रहेको थियो ।