राजवंशी विकास समिति मोरङको हुकाहुकी सांस्कृतिक कार्यक्रम
भद्रपुर । राजवंशी विकास समिति मोरङले तिहार तथा छठ पर्वको अवसर पारेर विविध साँस्कृतिक कार्यक्रम मोरङको कटहरीमा सम्पन्न गरेको छ ।
भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीले उद्घाटन गरेको हुकाहुकी सास्कृतिक कार्यक्रममा विविध राजवंशी गीत संगीतको प्रस्तुती देखाइएको थियो ।
हुकाहुकी साँस्कृतिक कार्यक्रमकी अध्यक्ष लक्ष्मीकुमारी राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजवंशी समुदायबाट कोशी प्रदेश भौतिक पूर्वाधार राज्यमन्त्री भएका प्रमुख अतिथि भूमिप्रसाद राजवंशी लगायत उत्कृष्ट व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा राजवंशी जाति, भाषा र भेष सहित विविध साँस्कृतिक प्रस्तुती समेत राखिएको थियो ।