महिलाका लागि चन्द्रगढी वनमा ४ दिने उद्यामशील तालिम

भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले गरीवी न्यूनीकरणमा महिला शसक्तिकरण कार्यक्रम अन्र्तगत ४ दिने सीप विकास उद्यमशील तालिम शुरू गरेको छ ।
गरीवी न्यूनीकरणका लागि वन समूहमा आवद्ध महिला उपभोक्ताहरूमा लक्षित गरेर दैनिक रूपमा आवश्यक घरायसी सामान बनाउने तालिम सञ्चालन गरेको हो ।
वन समूहले वार्षिक कार्यक्रमअनुसार महिला लक्षित साबुन, हार्पिक, सर्फ र फिनेल बनाउने तालिम सञ्चालन गरिएको समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले कार्यक्रमको चौतित्यमाथि प्रकाश पार्दै बताएका छन् ।
चार दिनसम्म चल्ने तालिमको उद्घाटन भद्रपुर नगरपालिका वडा न ९ का वडाध्यक्ष रामप्रसाद दाहालले गरेका छन् । वनका अध्यक्ष दुर्गापसाद भट्टराईको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष दाहालले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा ल्याएर सहभागी सवैलाई स्वरोजगार बन्न अनुरोघ समेत गरेका थिए ।
उद्घाटन कार्यक्रमको सञ्चालन वनकी सदस्य मञ्जु खतिवडा अधिकारीले गरेकी थिइन् भने तालिममा प्रशिक्षकको रूपमा रुद्रप्रसाद भट्टराई र सीता बानियाँ रहेको कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिएका छन् । कोषध्यक्ष खतिवडाका अनुसार तालिम असार ८ गते सम्पन्न सञ्चालन हुने छ ।