पीडक संस्थागत विद्यालय बिरुद्ध प्रतिकार समूह

भद्रपुर । झापाका विभिन्न संस्थागत विद्यालयबाट प्रताडित भएका शिक्षक कर्मचारीहरूको भेलाले प्रतिकार समूह गठन गर्ने निर्णय गरेका छ ।
नितेश सिंहको नेतृत्वमा भद्रपुरमा सम्पन्न भेलाले विधि र प्रकृया विपरित शिक्षक कर्मचारी प्रताडित गर्ने संस्थागत विद्यालय बिरूद्ध प्रतिकार गर्ने निर्णय गरेको हो ।
जिल्लाभर सयौं शिक्षक कर्मचारी विनाकारण सञ्चालकबाट पीडित भएपछि प्रतिकार गर्न संगठित हुनु पर्ने अवस्था आएको प्रताडित शिक्षक कर्मचारीको भनाइ छ ।
यस वर्ष मात्र झापाका १० जना बढी शिक्षक कर्मचारीले काम गरेको समयको पारिश्रमिक माग गर्दा निस्काशनमा पर्नु परेको पीडित बताउँछन् ।
श्रम तथा रोजगार कार्यालयमा झापाका निजी विद्यालयले तलव नदिएपछि पारिश्रमिक विवादका ७ वटा मुद्धा दर्ता समेत भएको पाइएको छ । काम लगाउने तर पारिश्रमिक भुक्तानी नगर्ने प्रवृत्ति बढ्दै गएपछि पीडित संगठित हुन थालेका हुन् ।