हल्दिवारीकी उपाध्यक्षलाई पति शोक
हल्दिवारी । हल्दिवारी गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलाई पति शोक परेको छ ।
उपाध्यक्ष मैनालीका पति लयप्रसाद मैनालीको आज साँझ ५.५८ वजे आकस्मिक निधन भएको हो ।
५ छोरी र २ छोराका अभिभावक मैनाली महेन्द्र माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहनु भएको थियो । मैनाली समाजमा आदर्श व्यक्तिको परिचय बनाउनु भएको व्यक्तित्व हुनुहुन्थ्यो । मुटुमा समस्या देखिएपछि आज ४ बजे बिर्तामोड स्थिति बि.एण्ड.सी अस्पताल विर्तामोड पुर्याएकोमा ५.५८ मा डाक्टरले मृत घोषित गरेको उपाध्यक्षका स्वकीय सचिव लयप्रसाद सिलवालले जानकारी दिएका छन् । उनका अनुसार भोलि बैशाख २३ गते आइतवार मैनालीको अन्त्यष्टी गरिने छ ।