भद्रपुरका सहकारीकर्मीलाई तालिम

भद्रपुर । झापाको भद्रपुर नगरपालिका क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुलाई क्षमता विकास तथा संस्थाको लेखा व्यवस्थापन (copomis and pearls) सम्बन्धी तालिमको उट्घाटन गरिएको छ ।
आज मंगलबार आर्थिक विकास समितिका संयोजक प्रशंसा ठटालको अध्यक्षता, भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता, उप-प्रमुख राधा कार्कि , प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौला , सूचना प्रविधि शाखा प्रमुख, सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा तालिमको उट्घाटन भएको हो ।
सो तालिम चैत्र ३० गते सम्म संचालन हुनेछ । कार्यक्रमको संचालन सहकारी विकास शाखा प्रमुख नेत्र प्रसाद पोखरेलले गर्नु भएको थियो ।