बाह्रदशी जेसीजको अध्यक्षमा खगेन्द्र सुवेदी चयन
बाह्रदशी । बाह्रदशी जेसीजको तेस्रो वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले सन् २०२४ का लागि खगेन्द्र सुवेदीलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
यसैगरी कार्यकारिणी उपाध्यक्षमा सदिक्षा खड्का र नविन कुमार त्रिताल चयन भएका छन् भने उपाध्यक्षमा अर्जुन महतरा, पुष्प भट्टराई, राजु अधिकारी र डिककुमार कटुवाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यसै गरी नवनिर्वाचित अध्यक्ष सुवेदीले वोर्डलाई पूर्णता दिनका लागि कानूनी सल्लाहकारमा नवराज दाहाल, महासचिवमा सञ्जय शाह र कोषाध्यक्षमा तीर्थप्रसाद काफ्लेलाई मनोनित गरेको मनोनयन अधिकारी बाह्रदशी जेसीजका २०२२ का अध्यक्ष पुष्पलाल धमलाले जानकारी दिएका छन् ।
बाह्रदशी जेसीज वर्ष २०२३ अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षता र नेपाल जेसीज वर्ष २०२४ का लागि क्षेत्र ‘क’ निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिम बहादुर कुवरको प्रमुख आतिथ्यता तथा मातृ शाखा वर्ष २०२३ का अध्यक्ष प्रविन तिम्सिनाको र निर्वाचन आयुक्त एवम् बाह्रदशी जेसीजका संस्थापक अध्यक्ष विगम श्रेष्ठको विशेष आतिथ्यतामा वार्षिक साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको थियो ।