कलवलगुरी, शान्ति, सिर्जनात्मक कृषि सहकारीको एकीकरण सभा सम्पन्न

भद्रपुर । भद्रपुर १० स्थित कलवलगुरी कृषि सहकारी, शान्ति कृषि सहकारी र सिर्जनात्मक कृषि सहकारी बीच एकीकरण साधारण सभा सम्पन्न गरिएको छ ।

एकीकरण समितिका संयोजक श्यामप्रसाद न्यौपानेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा एकीकरण साधारण सभा सम्पन्न गरिएको हो ।

सभामा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, सहकारीका अग्रज सदस्य प्रेमबहादुर फुयाल, देवीप्रसाद घिमिरे, अम्बिका ढकाल लगायतले मन्तव्य राख्दै साना साना पूँजी लिएर निरिह बन्दै सहकारी चल्नु भन्दा विषय क्षेत्र मिल्ने सहकारी बीच एकीकरण हुँदा पर्याप्त पूँजी जुट्ने र सदस्यका समस्या हल हुन सक्ने धारणा राखेका थिए ।

कलवलगुरी कृषि सहकारी संस्थाका सचिव निर्माणकुमार नेपालले सञ्चालन गरेको कार्यक्रममा स्वागत सिर्जनात्मक कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद काफ्ले ले गरेका थिए ।

एकीकरण सभाको बन्दसत्रले देवीप्रसाद दाहाल संयोजक रहने गरी ११ सदस्यीय तदर्थ सञ्चालक समिति निर्माण समेत गरेको छ भने सहकारीको नियम अनुसार सो समितिले अर्को पूर्ण साधारण सभा मार्फत नयाँ सञ्चालक समिति निर्माण गर्ने व्यवस्था रहेको जनाइएको छ ।