इस्टु झापाले विदा सम्बन्धी विगतका सहमती कार्यान्वयन गर्न प्याब्सनलाई अलिटमेटम दियो

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले संस्थागत विद्यालयको विदा सम्बन्धी मनोमानी अविलम्ब रोकेर विगतका सहमती अनुसार विदा कार्यान्वयनमा ल्याउन प्याब्सन एनप्याब्सन झापालाई अलिटमेटम दिएको छ ।

युनियनसित विदा सम्बन्धी भएका सहमती कार्यान्वयनमा लैजान प्याब्सन, एन प्याब्सन नेतृत्व तयार नभए सशक्त रूपमा आन्दोलनको कार्यक्रम अगाडि बढ्ने इष्टु झापाले चेतावनी दिएको हो ।

जिल्ला अध्यक्ष होमराज खतिवडाले सहमतीबाट संस्थागत विद्यालय सञ्चालक पछि हटेको कारण प्याब्सन एन प्याब्सन नेतृत्वसित विगतको सहमती कार्यान्वयन नभएको स्मरण गराउँदै अविलम्ब सहमती कार्यान्वयन नगरिए जिल्लाव्यापी आन्दोलनको वातावरण तयार हुने चेतावनी दिएका छन् ।