भद्रपुरका विद्यालयमा मनोमानी बढेको भन्दै रोक्न अभिभावकको ज्ञापन पत्र

भद्रपुर । भद्रपुरमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा नियम मिचेर मनोमानी बढेको भन्र्दै विधि प्रकृया र नियम अनुसार विद्यालय सञ्चालनको वातावरण निर्माणको माग राख्दै पूर्व जनप्रतिनिधि तथा अभिभावक नुतन पौडेलले भद्रपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

भद्रपुर ९ का पूर्व वडा सदस्य समेत रहेका पौडेलले भद्रपुर नगर क्षेत्रमा रहेका अधिकाम्स निजी विद्यालयहरूले सरकारले तय गरेको मापदण्ड मिचेर नियम विपरित शुल्क बृद्धि गर्ने, अभिभावकमाथि अनावश्यक व्ययभार थोपर्ने लगायत विकृति रोक्न १० बुँदे सुझाव सहित ज्ञापन पत्र बुझाएका हुन् ।

सहित समेत पालना नगर्दा सार्वजनिक विदा अतिक्रमण भएकोमा ध्यानाकर्षण गर्दै यस शैक्षिक वर्षमा

विभेद र विकृति रहित शैक्षिक वातावरण निर्माणका लागि नगर सरकार जिम्मेवार भएर लाग्नु पर्ने धारणा सहित पौडेलद्वारा बुझाइएको ज्ञापन पत्रमा भनिएको छ—

प्रस्तुत विषयमा यस नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुले आ–आफ्नो मनोमानी ढंगबाट विद्यालय संचालन गरिरहेका छन् । विभिन्न संस्थागत विद्यालयहरुका अभिभावकको गुनासोलाई सम्बोधन गर्न संस्थागत विद्यालयहरुलाई निति निर्माण गरी सवल र सक्षम बनाउने दायित्व बोकेको निकाय नै प्रलोभनमा परी शिक्षा क्षेत्रमा विकृति र विसंगति वढेको कुरा आज जनगुनासोका रूपमा ध्यानाकर्षण गरी निम्न बुदाहरुलाई कार्यन्वयन गर्नका लागि प्रमुख प्रकासकीय अधिकृतज्यूलाई अनुरोध गर्दछौं ।

ध्यानाकर्षण साथै कार्यान्वयन गर्नुपर्ने बुँदाहरु निम्न प्रकारका छन् ।

१) भद्रपुर नगरपालिका भित्रका संस्थागत विद्यालयका पुस्तकमा एकरुपता÷ यातायातको भाडा दरमा पनि एकरुपता साथै पोषकमा एक रुपता हुनु पर्ने र आ–आफ्नो विद्यालयको पहिचान गर्नका लागि टाई र वेल्ट मात्र फरक हुनु पर्ने ।

२) संस्थागत विद्यालयहरुको प्रत्येक वर्ष पुस्तक परिवर्तन गर्ने, मनोमानित तरिकाले शुल्क वढाउने, मनोमानित तरिकाले भर्ना शुल्क लिने, एउटै विद्यालयमा एउटा कक्षा पास गरी सोही विद्यालयमा पढ्दा लिइने विद्यार्थी भर्ना शुल्कमा एकरुपता ल्याउनु पर्ने साथै त्यस्तो खालका गतिविधिमा भद्रपुर नगर शिक्षा शाखा, अभिभावक र शिक्षा विदहरुसंग छलफल गरी निर्णय गरी कार्यन्वयनमा ल्याउनु पर्ने ।

३) संस्थागत विद्यालयमा प्रत्येक कक्षामा पढाई साथै अतिरिक्त कृयाकलाप (खेलकुद, नाचगान, वक्तित्वकला) अब्बल देखिने विद्यार्थीलाई प्रोत्साहन स्वरुप १ जना छात्र र १ जना छात्रालाई पढाइ शुल्कमा छुटको व्यवस्था गर्नु पर्ने ।

४) संस्थागत विद्यालयहरुले वार्षिक रुपमा अभिभावक दिवस मनाउनुका साथै विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप विभिन्न विधामा पुरस्कार वितरण गर्नु पर्ने र नेपाल सरकारको मापदण्ड अनुसार जेहेन्दार विद्यार्थीको संख्यात्मकको आधारमा छात्रा वृत्ति प्रदान गरी नाम सार्वजनिक गर्नु पर्ने ।

५) विद्यालयबाट संचालित सवारी साधनको उचित समयमा मर्मत सम्भार हुनु पर्ने साथै सिटको क्षमता भन्दा विद्यार्थी वढी राख्न नहुने ।

६) विद्यालयमा प्राथमिक उपचारको सुविधा, खाजा खाने क्यान्टिनको सुविधा, खेलकुदको नाचगानको सुविधा, समयको माग अनुसारको कम्प्युटरको सुविधा साथै अर्ध वार्षिक रुपमा विभिन्न तहमा अभिभावक र शिक्षा शाखा विच छलफल चलाउनु पर्ने ।

७) संस्थागत विद्यालयले संचालन गर्नु पर्ने सम्पूर्ण कृयाकलाप भ.न.पा.को शिक्षा शाखाबाट स्विकृती लिनु पर्ने ।

८) विद्यालयमा सुविधा सम्पन्न पूर्वाधारको निर्माण हुनु पर्ने साथै नगर शिक्षा शाखाले मासिक अनुगमन गरी प्रतिवेदन सार्वजनिक गर्नु पर्ने ।

९) संस्थागत विद्यालयलाई नगर शिक्षा शाखाले ७ वा ८ कक्षामा अनिवार्य रुपमा भ.न.पा. भित्रको भौगोलिक वनावटको अवस्था परम्परागत रुपमा चलिआएको धार्मिक, सांस्कृतिक तथा संस्कार, चार्ड पर्व, पर्यटकीय स्थल आ–आफ्नै भाषा, लिपि (स्थानीय भाषा) जान्ने हकका साथै प्राविधिक शिक्षाको छुट्टै पुस्तक प्रकाशन गरी पठन पाठन गराइयोस् ।

१०) सरकारी विद्यालयमा देखिएको विभिन्न समस्या (दिवा खाजा, खेलकुद सामाग्री, विद्यालय मर्मत सम्भार, खानेपानी, विद्युत आपुर्ति) अविलम्व व्यवस्थापन गरिदिनु पर्ने भन्दै पौडेलले विद्यालयका विकृति रोकेर उन्नत शिक्षाको वातावरण निर्माण गर्न माग राखेका छन् ।