आदिवासी नेतृ मिना राजवंशीले एमाले पार्टी छाडिन्
भद्रपुर । नेकपा एमाले झापा जिल्लाकी पूर्व सदस्य मिना राजवंशीले पार्टी परित्यागको घोषणा गरेकी छिन् ।
साविक महेशपुर हाल भद्रपुर ६ घर रहेकी आदिवासी समुदायकी अग्रज नेतृ राजवंशीले पार्टी नेतृत्व स्वच्छारी र विचार सून्य गतिमा चलेको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी हुन् ।
प्रेस विज्ञप्ति जारी गर्दै राजवंशीले नेकपा एमाले पार्टीको नीति र सिद्धान्त जनताको पक्षमा नरहेको समेत दावी गरेकी छिन् । वर्षौंदेखिको लामो कम्युनिस्ट यात्रा अव स्वतन्त्र वाम भएर अगाडि बढ्ने समेत स्पष्ट पारेकी छिन् ।
राजवंशीले एमाले तमाम कम्युनिस्ट कार्यकर्ताको रगत पसिनाले निर्माण भए पनि पछिल्लो समय केही व्यक्तिको गुट गिरोह र प्राइभेट कम्पनीमा रूपान्तरण हुँदै जाँदा अग्रज कार्यकर्तामाथि अपमान भइरहेको दुखेसो समेत पोखेकी छिन् । उनले झापा क्षेत्र नम्बर ३ राजावादी मण्डलेको पोल्टामा पार्टी नेतृत्वले सुम्पेकै कारण एमालेविहिन हुँदै गएको समेत आरोप लगाएकी छिन् ।