गौरीशंकर शिवालयमा पून: ज्ञानु सुवेदी
बाह्रदशी । गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्राम संरक्षण समिति, बाह्रदशी-६ झापाको २४ औं साधारण सभा तथा ११ औं अधिबेशन ज्ञानु सुवेदीको अध्यक्षातामा नयाँ कार्य समिति चयन भएको छ ।
समितिको बाह्रदशी ६, कन्चनगढधाम स्थित आफ्नै भवनमा नयाँ कार्यसमितिमा अध्यक्षा सुवेदी सहित उपाध्यक्षमा चन्द्रा कला ढकाल, सचिवमा पुष्प भट्टराई, उप-सचिवमा भवनी पौडेल, कोषाध्यक्षमा हेम सगर कुइकेल र सदस्यहरुमा कमला सिवाकोटी, ईश्वरा शंकर, पुन्य प्रसाद पाठक, कृष्ण प्रसाद खतिवडा, विश्वाश गौतम र फडिन्द्र पौडेल सर्वसम्मत चयन भएका हुन् ।
संस्थाका अध्यक्ष ज्ञानु सुबेदिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथ्यता बाह्रदशी वडा नम्वर ६ का वडाध्यक्ष रत्न प्रकाश योङ्गहाङ्ग, वडा सदस्य गङगाराम धिताल बिहिबारे बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वास गौतम, हिमाली मा बि का प्रधानाध्यापक धर्मानन्द निरौला, गौरीशंकर गुरुकुलका अध्यक्ष धर्म प्रसाद चापागाई लगायतको आतिथ्यता रहेको कार्यक्रममा संस्थालाई सहयोग गर्नुहुने ब्यक्तिहरुलाई सम्मान पत्र र खादा ओडाएर सम्मान गरिएको थियो ।
पानसमा बाती बालेर प्रमुख अतिथि रत्न प्रकाश योङ्गहाङ्गले उद्घाटन गरेको कार्यक्रममा गुरुकुलका गुरु तथा बिद्यार्थीहरुले स्वस्ती बाचन गरेका थिए । सभाले तुलसी थपलियाको संयोजकत्वमा पशुपति सङ्ग्रौला, गायत्री दाहाल र योशदा नेउपाने सदस्य रहेको ४ सदस्यीय निर्वाचन मन्डल गठन गरी आगामी कार्यकालको लागि ज्ञानु सुवेदी को अध्यक्षता नया समिती गठन गरेको हो ।
आर्थिक बर्ष ०७८ श्रावण १ गते देखि ०७९ असार मसान्तसम्मको आय-व्यय संस्थाका सचिव बेदमणि दाहाल ले प्रस्तुत गर्नुभएको कार्यक्रममा मधुराम पनेरु ,धर्मानन्द निरौला र रत्न प्रकाश योङ्गहाङ्गले शुभकामना मन्तव्य र धर्म चापागाईंले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन बेदमणि दाहालले गरेका थिए ।