झापा आन्दाोलनका ५ शहिद

भद्रपुर । फागुन २१ गते आजकै दिन झापा आन्दोलनका पाँच अगुवालाई गोली हानी हत्या गरिएको दिन हो ।

२०२९ फागुन २१ गते पञ्चायती शासकविरुद्ध झापा विद्रोहमा संलग्न भएकै कारण इलामको सुखानीको जंगलमा आन्दोलनका अगुवाहरुलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको थियो । झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई प्रहरीले गोली हानी हत्या गरेको थियो । उनीहरुले सहादत्त प्राप्त गरेको सुखानी नेपाली कम्युनिस्टहरुको श्रद्धा स्थलको रुपमा रहँदै आएको छ । हरेक वर्ष फागुन २१ मा नेकपा एमालेले विविध कार्यक्रमको आयोजना गर्दै सुखानीका शहीदहरुलाई सम्झिने गरेको छ ।