नेपाल कानून व्यवसायी परिषद भेला सम्पन्न
भद्रपुर । नेपाल कानून व्यवसायी परिषद भेला तथा कानून व्यवसायी आचार संहिता सम्बन्धि एक दिने प्रशिक्षण भद्रपुरमा सम्पन्न भएको छ ।
परिषदका संयोजक प्रेमप्रसाद पोखरेलको अध्यक्षता तथा महान्यायाधिवक्ता डा. दिलमणि पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा प्रदेश १ का १४ जिल्लाका कानून व्यवसायी, सरकारी वकिल तथा प्रहरीका अनुसन्धान अधिकारीको सहभागितामा प्रशिक्षण सम्पन्न भएको हो ।
झापा बारका अध्यक्ष हरि अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बार परिषदका सदस्य डा. चन्द्रकान्त ज्ञावलीले कार्यपत्र प्रस्तुत गर्दै वर्तमान ऐन, कानून तथा पेशागत आचरण बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा सहभागी कानून व्यवसायीहरूले आचार संहिता पालनामा बार परिषदका उपल्ला तहमा समस्या देखिएको भन्दै सवै कानून व्यवसायी आचार संहिता पालनामा समान हुने धारणा राखेका थिए ।