झापा १ को (क) मा काँग्रेसका गोपाल तामाङ निर्वाचित

भद्रपुर । झापा क्षेत्र नम्बर १ को (क) मा नेपाली काँग्रेसका गोपाल तामाङ निर्वाचित भएका छन् ।

तामाङले प्रतिस्पर्धी नेकपा एमालेका रविन कोइरालालाई ४ हजार ३ सय ८९ मतान्तरले पराजित गरेका हुन् ।

तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा एमालेका कोइरालाले १८ हजार ६ सय ५६ मत प्राप्त गरेका छन् ।

दोस्रो संविधान सभा निर्वाचनमा विश्वप्रकाश शर्मालाई पराजित गरेका कोइराला यस पटक काँग्रेस उम्मेदवार तामाङसित ४ हजार ३ सय ८९ मतान्तरले पराजित हुन पुगेका छन् ।