चन्द्रगढीमा भेटिएको बम जस्तो पदार्थ सेनाले निस्कृय पारिदियो ः बम नभएको पुष्टि

भद्रपुर । निर्वाचनलाई प्रभावित पार्न अज्ञात समूहले झापा सदरमुकाम स्थित चन्द्रगढीको वीरेन्द्र मावि मतदान स्थल अगाडि राखेको बम जस्तो देखिने बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको पश्चिम पट्टिको गेटमा गएराति बम जस्तो देखिने बस्तु फेला परेको थियो ।

दुई वटा भेटिएको बम जस्तो देखिने बस्तु फेला परेपछि प्रहरीले उक्त बस्तु रहेको स्थानमा सर्व साधारणलाई जान निषेध गरेर सुरक्षा दिएको थियो भने नेपाली सेनाको डिस्पोजल टोलीले सुरक्षित स्थानमा डिस्पोज गर्दा आवाज सुनिए पनि निष्कृय पार्नका लागि प्रयोग गरिएको विष्फोटाक पदार्थको आवाज रहेको सेनाले जनाएको छ । भेटिएको सामाग्री बम नभएर बालुवा भरिएको काटुन रहेको थियो ।

यता झापा प्रहरी प्रमुख विश्वमणि पोखरेलका अनुसार बम नभएर बालुवा र अन्य चिज भरेर बम जस्तो देखिने गरि राखिएको बस्तु मात्र रहेको जनाएका छन् ।