भद्रपुरमा बम जस्तो देखिने बस्तु फेला
भद्रपुर । झापाको भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको पश्चिम पट्टिको गेटमा बम जस्तो देखिने बस्तु फेला परेको हो । उक्त बस्तु बम हुन सक्ने भएकोले त्यसो वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सर्वसाधारणलाई आवत जावत गर्न निषेध गरेको छ ।
विद्यालयका सफाई कर्मचारी अन्दाजी ९ बजेर २५ मिनेट आफ्नो बाँसस्थानमा जाने क्रममा उक्त बस्तु फेला परेपछि नेपाल प्रहरीलाई खवर गरेको थिए । उक्त बस्तु कार्टुलमा रहेको र टेप र प्लाष्टिकको डोरीले वेरी बाहिरबाट देखिने गरी फ्याक्सिवल तार रहेको छ भने माथि पट्टी अंग्रेजीमा “NO VOT” र नेपालीमा “खतरा” लेखिएको छ ।
त्यसै गरी उक्त शंकास्पद बस्तु रहेको अन्दाजी ५० मिटर दक्षिण, विद्यालयको पश्चिम दक्षिण कुनामा रहेको सानो गेट अगाडी एउटा झाला रहेको र उक्त झोलामा केही रहेको देखिन सकिने भएको हुँदा त्यसलाई पनि शंकाको घेरामा राखी त्यसको नजिक जान सर्वसाधारणलाई निषेध गरिएको छ ।
नेपाली सेनाको डिस्पोजल टोली उक्त स्थानमा आइपुगेको भए पनि डिस्पोज गर्ने कार्य भोलि विहान मात्र गरिने जानकारी प्राप्त भएको छ ।