काँग्रेस महामन्त्री तथा झापा १ का उम्मेदवार शर्मा प्रदेश सभा सहित जीत निकाल्न जनमत बटुल्दै

भद्रपुर । झापा १ बाट संघीय संसदका लागि तेस्रो पटक होमिएका काँग्रेस महामन्त्री तथा झापा १ का उम्मेदवार विश्वप्रकाश शर्मा यस पटक हरियो मफलरसहित टोलटोलमा पैदल यात्रा गर्दै जनमत बटुलिरहेका छन् ।

प्रदेश सभा (क) मा काँग्रेसका गोपाल तामाङ र प्रदेश सभा (ख) मा माओवादी केन्द्रका श्यामवीर लिम्बूलाई प्रदेश सभाको उम्मेदवारका रूपमा साथमा लिएर हरेक दिन सात ठाउँमा पैदलयात्रा गरिरहेका शर्माले युवादेखि अग्रज जेष्ठ नागरिकसम्मको साथ र आर्शीवाद पाएर जीतका लागि जनमत बटुलिरहेका हुन् ।

उम्मेदवार विश्वप्रकाशको चुनावी हिँडाइ एक दिनमा २० किलोमिटर भन्दा बढी नै रहेको सहयोगी कार्यकर्ताहरूको भनाइ छ । हरियो रूखको उर्जा आफूसितै बोकेको अनुभव हुने शर्माको चुनावी यात्रा यस पटक उत्साह जनक तथा उर्जाशील अनुभूति कार्यकर्ता र मतदातामा परिरहेको छ । उम्मेदवारी दर्ता गरेपछि झापा १ ले विश्वप्रकाशलाई विजयको माला लगाइ दिन पर्खिरहेको भान कार्यर्ताले गर्न थालेका थिए ।

त्यसैको परिणाम हुन सक्छ, तीव्र गतिमा मतदाता भेट्न हिडिरहेका शर्माले स्थानीयका कुरा सुन्ने, भलाकुसारी गर्ने, सुखदुःखका कुरा गर्ने काम भने समय अभावले गर्न भ्याउँदैनन् । शुभ चिन्तक कार्यकर्तालाई लिएर अघि–अघि हिँडिरहेका महामन्त्री शर्मालाई भेट्न चुनाव प्रचारमा रहेका सवैलार्ई निकै मुस्किल पर्छ । उत्तरमा झापाको बाहुण्डागीदेखि दक्षिणमा चन्द्रगढीसम्मको भूगोल रहेको झापा १ सुगम भन्दा दुर्गम ग्रामीण बस्ती बढी रहेको क्षेत्रमा पर्दछ ।

झापा १ (क) मा नेपाली काँग्रेसका युवा नेता गोपाल तामाङ प्रदेश सभाका उम्मेदवार छन् । तरूण दल झापाका सभापति समेत रहेका तामाङ जनजाति समुदायका लोकप्रीय नेता समेत हुन् । शर्मा प्रत्यक्षतर्फ र समानुपातिक तर्फ ‘ प्रदेश र संघमा काँग्रेसको चिन्ह रूखमा छाप लगाउँदै मतदान गरौं ।’ भन्दै प्रदेश सभा (क) मा शर्मा टोल टोलमा गएर भोट मागिरहेका छन् । यस क्षेत्रमा पुरूष मतदाता ३६ हजार एक सय ९८ जना र महिला मतदाता ३५ हजार सात सय ७९ जना गरी ७१ हजार नौ सय ७७ जना मतदाता रहेका छन् । यस क्षेत्रमा २८ वटा मतदान स्थल र ८० वटा मतदान केन्द्र रहेका छन् ।

यसैगरी झापा १ (ख) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका श्यामवीर लिम्बु उम्मेदवार छन् । उनी जनयुद्धका घाइते पनि हुन् । शर्माले आफू र श्यामवीरका लागि पनि भोट मागिरहेका छन् । शर्मा ‘ प्रदेशमा माओवादी र संघमा कांग्रेसलाई मतदान गरौं ।’ भन्दै प्रदेश सभा (ख) मा शर्मा टोल टोलमा गएर भोट मागिरहेका छन् । यस क्षेत्रमा २४ हजार ३९ पुरूष मतदाता तथा २४ हजार ३ सय ५९ महिला मतदाता गरी ४८ हजार ३ सय ९८ मतदाता रहेका छन् । यस क्षेत्रमा १७ वटा मतदान स्थल र ५४ वटा मतदान केन्द्र रहेका छन् ।

शर्माले एउटा वडाको पद यात्राका लागि १ घण्टाको समय छुट्याउँदै तुफान गतिमा हिँडिरहेका छन् । शर्मालाई स्थानीय नागरिक भेटेर नमस्कार म विश्वप्रकाश शर्मा भन्ने बाहेक अर्काे कुरा गर्ने फुर्सद नै हुँदैन । कहीँ–कहीँ चाहिँ नागरिकले उनलाई रोकेरै आफ्ना कुरा सुनाइरहेका छन् भने पदयात्रामा शर्माले जल्दाबल्दा समस्याका रूपमा रहेका सुकुम्वासी समस्या, पुल नबनेर भएको सास्ती, पखोला कटान नियन्त्रणका लागि तटबन्ध, पर्यटकीय केन्द्रका स्तरीकरण, झापा १ जोड्ने रिङ रोड निर्माण लगायत विषयमा मतदाताका भावना समेट्ने अठोट समेत गरिरहेका छन् । झापा १ मा पुरूष ६० हजार दुई सय ३७ र महिला ६० हजार एक सय ३८ जना गरी एक लाख २० हजार तीन सय ७५ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ४५ वटा मतदान स्थल तथा १३४ मतदान केन्द्र रहेका छन् ।

शर्माको मतदाताप्रतिको प्रतिबद्धता “झापा क्षेत्र नम्बर १ का समग्र जनताको भावनामाथि कहिलै कुठराघात गर्दिनँ”, भन्दै, “यहाँको विकासका लागि जहिल्यै प्रतिबद्ध छु÷ रहनेछु ।” भन्ने गरेका छन् ।