झापा १ का मतदाताले विश्वप्रकाशलाई नै किन मतदान गर्ने ?

भद्रपुर । प्रजातान्त्रिक नेपाल निर्माणको इतिहास बोकेको नेपाली कांग्रेस पार्टीको महामन्त्रीको जिम्मेवारीमा रहेका विश्वप्रकाश शर्मा झापा १ बाट संघीय संसदको उम्मेदवार छन् ।

विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा प्रारम्भ गरेका शर्मा सकारात्मक सोचबाट समाजको रूपान्तरण र राजनीतिमा पुस्तान्तरणका लागि निरन्तर संघर्ष गर्दै सफलता चुमिरहेका व्यक्ति हुन् ।

२०५७ सालमा नेपाल विद्यार्थी संघको आठौँ महाधिवेशनबाट सभापति भएका शर्मा २ वर्षे कार्यकाल भित्रै नवौँ महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने एकमात्र सफल सभापतिको इतिहास निर्माण गरेका जिम्मेवार नेता पनि हुन् ।

२०७० सालको दोश्रो संविधान सभा निर्वाचनदेखि निरन्तर जनअनुमोदनका लागि प्रयासरत शर्मा राज्यका कुनै पनि पदमा आसिन नभएका व्यक्ति हुन् । लाभको पद धारण नगरी पार्टी राजनीतिको उच्च जिम्मेवारीमा पुगिसकेका शर्मा कसैको अनुकम्पाबाट नभइ कठोर विद्रोह गर्दै आफ्नै मेहनत र परिश्रमबाट पार्टीको महामन्त्रीको जिम्मेवारीमा छन् ।

राजनीति सत्ता र पदमा रहन विभिन्न बहाना गरेर आफू मात्रै बसिराख्ने गलत संस्कार बन्नु नहुने अठोट बोकेका शर्मा आफूले लिएको जिम्मेवारी समयमै पूरा गर्दै अरूलाई ठाउँ छोड्न सक्ने नैतिक धरातल भएका नेताको छवि निर्माण गर्ने व्यक्तित्व हुन् ।

पछिल्लो समय नेपालमा युवा पुस्ताले राजनीतिमा पुस्तान्तरणको मुद्दा उठाइरहँदा शर्मा नेपाली कांग्रेसभित्र पुस्तान्तरणको मुद्दालाई कार्यान्वयनमा ल्याउन एक्लो प्रयासमा राजनीतिक हस्तक्षेप गर्दै उदाएका नेता पनि हुन् ।

नेपाली समाजमा व्याप्त सामाजिक विकृति र विसङ्गतिको तीतो यथार्थ नजिकबाट बुझेका शर्माले आफूलाई सामाजिक समस्याका बिरुद्ध सधँै आवाज बुलन्द राख्ने नेताको रूपमा उभ्याएका छन् । विपतमा परेकाहरूलाई सहयोग गर्नु मानवीय धर्म ठान्ने शर्माले कोरोना कालमा स्वस्थ्य उपचारमा खेलेको भूमिका, विभिन्न विपतमा पुर्याएको योगदान मात्र सम्झने हो भने यस पटको निर्वाचनमा झापा १ मा शर्माको विकल्पमा अर्को नेता अगाडि आउनै सक्दैनन् ।

राजनीतिमा पुस्तान्तरण र समाजको रूपान्तरणका लागि दल बाहिरका अनुहार खोज्नै नपर्ने गरी छाएका शर्मा कुनै पनि किसिमको भ्रम र आश्वासनमा रमाउने नेता होइनन् । नकारात्मक विचार प्रवाह नगरी समाज रूपान्तरण र राजनीतिमा पुस्तान्तरण गर्न सकिचे सोचका साथ अठोट बोकेका शर्मालाई झापा– १ का मतदाताले सम्झेरै मतदान गर्न सके पाहुना नेताबाट हेपिएको झापा १ स्थानीय नेताबाट नेतृत्वमा आउने निश्चित छ ।