झापाका सरकारी कार्यालय प्रवेश गर्ने मूल सडक मै व्यापार र पार्किङ

भद्रपुर । झापा सदरमुकामका सरकारी कार्यालय प्रवेश गर्ने सडक अतिक्रमण गरेर नियम विपरित व्यापार र पार्किङ गर्दा आवतजावतमा सेवाग्राहीले समस्या भोगिरहेका छन् ।

झापाको प्रमुख प्रशासकीय केन्द्र जिल्ला प्रशासनको मूल प्रवेशद्वारदेखि दक्षिणबाट सुरू भएको सडक व्यपार र पार्किङ अधिकाम्स सरकारी कार्यालय अगाडिका सडकमा अतिक्रमण हुँदा आवतजावतमा सेवाग्राहीले समस्या भोग्नु परिरहेको हो ।

नो पार्किङ लेखिएको सडक किनारामा पार्किंङ गराएर शुल्क समेत असुल्ने गरेको पाइने गरेको छ भने रिक्सा, ठेला र अस्थायी टहरामा विभिन्न परिकार बेच्नेको भिड समेत देखिने गरेको छ ।

सडकमा व्यपार गरिरहेका अधिकाम्स व्यपारी इजाजत नलिइकन कारोवार गरिरहेको बताउने गर्छन् भने उनीहरूको व्यपार बारेमा कसैले सोधखोज समेत नगरेको भन्दै एक वर्षयता कारोवार गरिरहेको स्वीकार गर्छन् ।

यता झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल भने सडक व्यपार पूर्ण रूपमा बन्देज रहेको भन्दै नगरपालिकासित समन्वय गरी अविलम्ब हटाउने जानकारी दिएका छन् ।