डेंगुरोगबाट बच्न झुल बितरणसितै जनचेतना जगाउँदै सेन्ट जेभियरका विद्यार्थी

भद्रपुर । विर्तामोड ८ देउनियामा रहेको सेन्ट जेभियरर्सका विद्यार्थीहरूले बढ्दो डेंगु रोगको महामारीबाट बच्न जनचेतना विस्तार गर्दै विपन्न बस्तीमा निशुल्क झुल बितरण गरेको छ ।

पछिल्लो समय झापामा पनि डेंगु रोगको प्रकोप बढ्न थालेपछि विद्यार्थीहरूले विपन्न बस्ती पहिचान गरी झुलमा सुत्ने बानी विकासका लागि निशुल्क झुल वितरण गरेका हुन् ।

सेन्ट जेभियर्स बाल क्लब मार्फ ५० परिवारलाई निशुल्क रूपमा झुल प्रदान गरिएको शिक्षक शालिकराम दाहालले जानकारी दिएका छन् । उनका अनुसार विद्याथीहरूले बस्तीमा पुगेर विभिन्न चेतना मुलक पर्चा समेत वितरण गरेका थिए ।