झापा ३ मा सिटौला र लिङ्गदेनको उम्मेदवारी दर्ता
भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले संघीय संसदका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
सिटौलाले सत्ता गठबन्धनको तर्फबाट झापा ३ मा वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
सिटौलाको प्रस्तावकमा नेपाली कांग्रेस भद्रपुरका पूर्व सभापति मोहन महर्जन र समर्थकमा भद्रपुर नगर प्रमुख तथा नेपाली कांग्रेस झापा क्षेत्र नं. ३ का सभापति गणेश पोखरेल रहेका छन् ।
सिटौलाको प्रतिस्पर्धिका रुपमा नेकपा एमालेको सर्मथनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन् । लिङ्देनको प्रस्तावक राप्रपका माधव पोखरेल र समर्थक एमालेका लक्ष्मण पाठक बसेका छन्। सत्ता गठबन्धनबाट कृष्ण सिटौलाले उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा लिङ्देनसँग सिटौला पराजित भएका थिए ।
निवर्तमान सांसद समेत रहेका लिङ्देनले यसपटक पनि नेकपा एमालेको सर्मथनमा उम्मेदवारी दर्ता गर्दै आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् ।
