शर्मा र सिटौलाको उम्मेदवारीले झापा काँग्रेसमा उत्साह थपिदै

द्रोण अधिकारी

भद्रपुर । नेपाली काँग्रेसको राजनीतिमा झापाबाट प्रभाव जमाइरहेका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष निर्वाचनका लागि झापाबाट उम्मेदवारी दिने निश्चित भएपछि कार्यकता तथा शुभचिनतकहरू उत्साहित भएका छन् ।

काँग्रेस महामन्त्री शर्माले झापा क्षेत्र नम्वर १ बाट तथा पूर्व महामन्त्री सिटौलाले क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिने निश्चित भएपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको हो ।

राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताको छवि बनाएका शर्मा र सिटौलाले आफ्नो गृह जिल्ला झापामा आम कार्यकर्ताको भावना र चाहना अनुसरा प्रत्यक्ष तर्फ उम्मेद्वार बन्ने पक्का भएपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको छ । सकारात्मक विचार प्रवाह गरेर राष्ट्रिय राजनीतिमा उदाएका शर्मा परिवर्तनका लागि युवा शक्ति जोड्ने अभियानमा काँग्रेस राजनीतिको महत्वपूर्ण ठाउँ लिन सफल व्यक्ति हुन् भने पार्टी र देश संकटमा परेका बेला महत्वपूर्ण देन दिन सफल सिटौला काँग्रेस राजनीतिमा अनुभवी र पाका नेताको रूपमा परिचित छन् ।

दोस्रो संविधान सभा निर्वाचनदेखि झापा १ बाट चुनावी मैदानमा उत्रेका शर्माले जित निकाल्न प्रयासरत छन् भने २०४८ सालदेखि निरन्तर चुनावी मैदानमा झापा क्षेत्र नम्बर ३ बाट भिडिरहेका सिटौलाले उपनिर्वाचन सहित ३ वटा निर्वाचनमा जीत निकालेका छन् भने ३ वटा निर्वाचनमा पराजित भएका थिए । पछिल्लो पटक अत्याधिक मत सहित दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका सिटौलाले संविधान निर्माणका लागि संयोजकको भूमिका कुशलता पूर्वक निर्वाह गरेका थिए । संविधान जारी भएपछिको पहिलो संघीय निर्वाचनमा नेपालको संविधान २०७२ ले स्वीकार गरेको परिवर्तनको महत्वपूर्ण पक्ष संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको कट्टर विरोधी राप्रपाका तत्कालिन महामन्त्री राजेन्द्र लिङ्देनसित नेकपा एमालेको सहयोगमा सिटौला पराजित भएका थिए ।

चार दशक लामो जनताको माग रहेको हुलाकी सडक निर्माणको अभियान पूरा गराउन महत्वपूर्ण भूमिका खेलेका सिटौलाले दशक यता दक्षिणी झापाको समस्याका रूपमा रहेको हात्ती उपद्रो नियन्त्रणका लागि ९ करोडको योजना ल्याएका थिए । गणतन्त्र नेपभल स्थापनार्थ महत्वपूर्ण भूमिका निर्वाह गरेका गिरिजाप्रसाद कोइरालाको स्मृतिमा अन्तराष्ट्रिय स्तरको सभाहल निर्माणको थालनी गराएका सिटौलाले २०७४ को निर्वाचनमा पराजय भोग्नु परेपछि भद्रपुर ८ स्थित मेची रङ्गशाला पश्चिममा निर्माण अलपत्र जीपी भवन लगायत सडक, खानेपानी, सामुदायिक भवन, विभिन्न जातीय संग्राहलय जस्था जनस्तरमा प्रभाव पर्ने दर्जनौं आयोजना अलपत्र छन् । ती आयोजनाका अधुरा काम पूरा हुने आश राखेका झापा ३ का काँग्रेस कार्यकर्ताले सिटौलाले यस निर्वाचनपछि पनि जनताका पक्षमा भूमिका खेल्न सक्ने भन्दै कार्यकर्तामा उत्साह जागेको देखिन्छ ।

आलोचकहरुले स्थानीय स्तरमा काम गर्न नसक्ने नेता भनेर सिटौला बिरुद्ध प्रचार अभियान चलाइ रहेको बेला यस निर्वाचनमा सिटौलाले संसद भएका वखत पहल गरी झापा क्षेत्र नम्वर ३ मा आएका योजना र भएका विकास निर्माणका कामहरुबारे जन स्तरमा पुर्याउन सवै कार्यकर्ता लागि पर्ने दरुणदल झापा क्षेत्र नम्बर ३ का सभापति खड्कबहादुर लिम्बुको भनाइ छ । उनका अनुसार विद्यालय, ग्रामिण सडक, मठ मन्दिर, बाँध, पैनी निर्माण जस्ता जनतामा प्रत्यक्ष सरोकार राख्ने करोडौंका योजनाहरु झापा क्षेत्र नम्बर ३ ले सांसद कृष्णप्रसाद सिटौलाको पहलमा प्रप्त गरेको थियो भने देशका राजनीतिक समस्या समाधान गर्न पनि सिटौलाको नेतृत्व आवश्यक रहेको लिम्बूको भनाइ छ ।

यस्तै झापा क्षेत्रनम्बर ३ का क्षेत्रीय सभापति गणेश पोखरेलको भनाइ अनुसार वि सं २०४८ सालको निर्वाचन यता निरन्तर रुपमा झापा क्षेत्र नम्वर ३ मा जनताको प्रतिनिधित्वका लागि लडिरहेने एक मात्र नेता सिटौला हुन् । उनले निर्वाचन हारे पनि जीते पनि आफ्नो क्षेत्र छोडेका छैनन् । अहिले निर्वाचनको प्रतिष्पर्धामा आउने अरु दलका नेता हार्ने डर हुँदा मैदान छोडेर भाग्ने गरेका र जनताको भावनासित मतलव नराख्ने चरित्र देखाएको अवस्था छ ।

पोखरेलका अनुसार सिटौलाले विगतमा पहल गरेको कारण अलपत्र बनेको हुलाकी सडक जस्तो दक्षिणी झापाबासीको जीवन स्तर उकास्ने आधारलाई निर्माण सुरु गराइ कार्यान्यनको बाटोमा लगेको र हात्ती त्रास रोक्न ओजना ल्याएर काम सुरु भइ सकेको स्मरण गराउँदै सिटौला बाहेक जितेकाहरुले झापा क्षेत्र नम्बर ३ मा के के गरे त ? क्षेत्र नम्वर ३ का नागरिकले थाहा पाइ सकेको बताए ।

वि सं २०४८ साल यता भएका मध्यावली निर्वाचनमा सो क्षेत्र बाट नेकपा एमाले २ पटक, नेपाली काँग्रेस ३ पटक र माओवादी केन्द्र एक पटक तथा राप्रपाबाट एक पटक निर्वाचित भइ सकेका छन् तर एमाले र माओवादी र राप्रपाका तर्फबाट सांम्सद जित्नेहरूले देखिने गरी विकास निर्माणका काम गर्न नसकेपछि जनताले नेपाली काँग्रेसका केन्द्रीय नेता सिटौलालाई विश्वास गरेर प्रतिनिधि छान्नुको विकल्प नभएको स्थानीय मतदाताकोे बुझाइ छ ।