भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल गत असोज १ गतेदेखि अस्वास्थ्य छन् । प्रमुख पोखरेललाई उच्च ज्वारो आउने, टाउको दुख्ने, घाँटी दुख्ने रोगले ग्रस्त भएको पारिवारिक सुत्रले जनाएको छ । हाल प्रमुख पोखरेल स्थानीय पाथिभरा अस्पतालमा उपचार गराइरहेको जनाइएको छ ।