सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट तोडफोड गर्ने ३ जना नियन्त्रणमा
भद्रपुर । दक्षिणी झापाको कचनकवल–५ स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पाठामारीको निर्माणाधीन भवन तोडफोड गर्ने तीन जना पक्राउ गरिएको छ ।
सशस्त्र प्रहरी बलका अन्ुसार पक्राउ पर्नेहरूमा कचनकवल–५ डाँगावारि बस्ने १७ वर्षीय विशाल माझी, १७ वर्षीय सन्तोष गणेश र १८ वर्षीय धिरन गणेश पक्राउ परेका हुन् ।
नियन्त्रणमा रहेका तीनैजना सशस्त्रकै नियन्त्रणमा रहेको जनाइएको छ ।
भवन तोडफोड गर्दा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । उनीहरूले निर्माणाधीन भवनमा प्रवेश गरी बिजुलीको सम्पूर्ण बाइरिङ, पङ्खा, बत्ती, झ्यालका सिसा, खानेपानीको ट्याङ्की, बाथरुमका सामग्रीलगायतमा क्षति पु¥याएको जनाइएको छ ।
सशस्त्र प्रहरीको हाल सञ्चालनमा रहेको अस्थायी प्रहरी ब्यारेक पोस्टभन्दा झन्डै एक किलोमिटर उत्तर मेची नदीको किनारमा बनेको भवन हस्तान्तरण नहुँदै तोडफोड हुनु दुखद घटना भएको कचनकवल ५ का वडाध्यक्ष नुर आलमको भनाइ छ ।