युवा क्लबको आयोजनामा भद्रपुर ८ मा सचेतना प्रशिक्षण
भद्रपुर । भद्रपुर ८ स्थित युवा क्लबको आयोजनामा लागुऔषध न्युनिकरण तथा जेष्ठ नागरिकप्रति युवा र बालबालिकाको दायित्व विषयक एक दिने प्रशिक्षण सम्पन्न गरिएको छ ।
क्लबकी अध्यक्ष आरोध्या प्याकुरेलको अध्यक्षता तथा पूर्व प्रहरी नायव उपरीक्षक धनप्रसाद शिवाकोटीको प्रशिक्षणमा भद्रपुर ८ अस्पताल चौकमा रहेको पृथ्वी आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यालयका प्रधानअध्यापक नवकुमार राय प्रमुख अतिथि रहेको कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र छात्रा तथा शिक्षाक कर्मचारीको सहभागिता रहेको थियो । बाल मस्तिष्कमा लागुऔषधका कारण पर्न सक्ने नकारात्मक असर, त्यसबाट बच्न बचाउन सकिने उपाय तथा विद्यालय र घरपरिवारको भूमिका विषयमा केन्द्रित भएर शिवाकोटीले प्रशिक्षण प्रदान गरेका थिए ।