भद्रपुरमा पनि नाइबोरी फ्लाइको लक्षण भएका विरामी देखिन थाले

भद्रपुर । झापा सदरमुकाम भद्रपुर नगर क्षेत्रमा पनि नाइबोरी फ्लाइका लक्षण भएका विरामीहरू भेटिएका छन् । मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिका क्षेत्रमा ‘नाइरोबी फ्लाइ’का पीडितहरु औषधी किन्न आउने गरेको समचार आइरहदा भद्रपुरमा ओम साई पाथिभरा अस्पतालका प्रबनधक दीप पौडेल आफैं पीडित भएको फोटो सार्वजनिक गरेका छन् ।

स्वास्थ्य कार्यालय झापाले भने हालसम्म जिल्लाका कुनै पनि अस्पताल तथा स्वास्थ्य चौकीमा नाइरोवीका बिरामी नआएको जनाएको दावी गरिरहेको भए पनि भद्रपुरका विभिन्न दजृनबढी व्यक्तिहरू सो रोगको लक्षण देखिएर औषधी पसल आउने गरेको बताइनछ ।

औषधी व्यवसायीहरूको भनाइ अनुसार दैनिक हात, खुट्टा, घाँटीमा स–साना फोका लिएर चिलायो र पोल्यो भन्दै आउने सो रोगका संक्रमितहरुलाई ‘एन्टिभाइरल क्रिम’ दिएर पठाउँदै आएको जानकारी दिने गरेका छन् ।