उद्योग बाणिज्यसंघ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपान लगायत पक्राउ

बिर्तामोड । निर्वाचित भएको एक महिना नपुग्दै विर्तामोडका उद्योगी–ब्यवसायीहरुले नगरपालिकाका मेयर र उपमेयरको राजीनामा माग गरेका छन् । विर्तामोडको कृषि उपज बजार परिसरमा ब्यापार गरिबस्ने ब्यवसायीहरुलाई विद्युत मिटर उपलब्ध गराउन सिफारिस दिनुपर्ने माग गर्दै धर्नामा बसेका ब्यवसायीमाथि बुधबार धरपकड गरेपछि आक्रोशित बनेका ब्यवसायीहरुले मेयर र उपमेयरको राजीनामा माग गरेका हुन् ।

धर्नामा बसेका उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, कुमार भटराई, कौशल खतिवडा, राधिका हुमागाई, तुलसा ढकाल लगायतका ब्यवसायीहरु अग्रपंक्तिमा उभिएर प्रहरी घेरा तोड्ने प्रयत्न गरे । तर ब्यवसायीभन्दा ठूलो संख्यामा रहेका प्रहरीहरुले अध्यक्ष शिवाकोटीलाई गिरफ्तार गरी प्रहरी गाडीभित्र हाले । सो क्रममा प्रहरीले लछारपछार पार्दै लाठी चार्ज समेत गरेको थियो । ‘ब्यावसायिक एकता जिन्दाबाद’ नारा दोहो¥याउँदै नगरपालिकाको गेट अगाडितर्फ मोडिएका उपाध्यक्ष राजु न्यौपानेलाइ पनि गिरफ्तार ग¥यो । ब्यवसायीहरु राधिका चुडाल, सन्तोष उप्रेती, तुलसा तामाङसहित अन्य केही ब्यवसायी पनि प्रहरी गिरफ्तारमा परे । त्यसपछि झन् आक्रोशित देखिएका ब्यवसायीहरुले ‘जनतामारा मेयर राजीनामा दे’ ‘जनतामारा उपमेयर राजीनामा दे’ ‘पुलिस प्रशासन मुर्दाबाद’, भन्दै नारा लगाए । ब्यवसायीका नेतृत्व पक्राउ पछि आन्दोलन मत्थर हुने प्रहरीको आंकलन विपरित ब्यवसायीहरु पुनः धर्नामा बसे ।

यता नगरपालिकाले उपाध्यक्षको संयोजकत्वमा एक महिनाको अवधि राखेर छानविन समिति गठन गरेको छ । मूलतः यो घटना राजनीतिक आस्थामा आधारित भएको नेपाली कांग्रेस क्षेत्र न.२का सभापति लक्ष्मी आचार्यले बताएका छन् ।