भद्रपुर प्याब्सनको वजेटमा निजी विद्यालयका बालबालिकालाई समेट्न माग

भद्रपुर । भद्रपुर प्याब्सनले नगर सरकारसित बजेट मार्फत निजी विद्यालयका बालबालिकालाई पनि सम्बोधन हुनु पर्ने माग पेश गरेको छ ।

नगर प्याब्सनका अध्यक्ष रत्नबहादुर गिरीको नेतृत्वमा गएको टोलीले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई माग पत्र बुझाएको हो ।

माग पत्रमा विगतका सरकारले जस्तो निजी विद्यालयका बाल बालिकालाई बेवास्ता नगर्न सुझाव समेत दिइएको छ ।