विश्वकप फुटबल प्रतियोगिताको मिति सारियो
-सन्दर्भडेस्क
भद्रपुर । कतारमा सम्पन्न हुने २२ औं संस्करणको फिफा विश्वकप फुटबल आयोजना, गर्मीका कारण जाडो महिनाको नाभेम्बरमा सारिएको छ । अन्यथा यो बेला विश्वकप फुटबलको माहोल तात्तिने थियो । कतारमा सन् २०२२ नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म हुने भएको छ । विश्वकप खेल्ने, आयोजक देश र अन्य ३१ वटै गरी ३२ देशको टुंगो लागेको छ ।
फिफाले विश्वकपको समूह विभाजन सार्वजनिक गरिसकेको छ । जस्अनुसार, कतारमा हुने विश्वकपका लागि उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् । २२औं संस्करणको फिफा विश्वकप कतारको ५ सहरको ८ वटा मैदानमा खेलाइनेछ । उद्घाटन खेल समूह ‘ए’ मा रहेका नेदरल्यण्ड्स र सेनेगलबीच हुनेछ ।
फिफाले सार्वजनिक गरेको समूह बिभाजन यस् प्रकार रहेको छ ः—
समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर ।
समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स ।
समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया ।
समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया ।
समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका ।
समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा ।
समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन । र
समूह एचमा – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना रहेका छन् ।
फुटवलको विश्वकप प्रतियोगिता एक नजरमा
विश्व कप फुटवलको २२औं संस्करण अरबको कतारमा आगामी नेभेम्बरमा शुरु हुँदै छ । प्रतेक ४ बर्षको अन्तरालमा आयोजना हुने यो प्रतिस्पर्धाको पहिलो औपचारिक खेल सन् १९३०मा उरुगुवेमा सम्पन्न भएको थियो । अनौपचारिक रुपमा फिफा फुटबल १८००औं सदिमा पनि खेलिएको ईतिहास भेटिन्छन् । त्यस्तै सन् १९०९ र १९११मा, सर थमसन् लिफ्टन ट्रफिको प्रतिस्पर्धा भएको पाईन्छ । तर, औपचारिक रुपमा, फेडेरसन अफ ईन्टरनेशनल फुटवल एसोसिएसन(फिफा)ले सन् १९२८ मे २६मा औपचारिक रुपमा घोषणा गरी सन् १९३० बाट अन्तर्राष्ट्रिय फुटवल प्रतियागिताको शुरुआत गरेको हो ।
पहिलो विश्वकप फुटवल प्रतियोगिता, जसमा सहभागिताको पहिचान राष्ट्रका नामबाट गरियो, त्यो पहिलो खेल आयोजना गर्ने सौभाग्य सन् १९३०मा उरुगुवेले प्राप्त गरेको थियो । उरुगुवेमा भएको त्यस प्रतियोतिमा १३ टीम सहभागि बनेका थिए । र आयोजक देश उरुगुवेले नै उपाधी हात पारेको थियो । त्यस पछि दोश्रो प्रतिस्पर्धा सन् १९३४मा आयोजक ईटली बन्यो । जसमा १६ देश सहभागी बनेका थिए । यसमा पनि आयोजक देश ईटलीले नै उपाधी जितेको थियो । तेश्रो सन् १९३८को मेजबानी फ्रान्सले गरेको थियो । जसमा १५ देश सहभागी थिए । यसमा पनि ईटलिले उपाधी दोर्यायो । चौथो र पाँचौ प्रतिस्पर्धा विश्वयुद्घका कारण आयोजना हुन सकेनन् ।
सन् १९५०मा ब्राजिलमा आयोजना भएको प्रतिस्पर्धा उरुगुवेले जित्यो, जसमा १३ देश सहभागी भएका थिए । सन् १९५४मा सुईजरलेण्डमा सम्पन्न प्रतिस्पर्धामा जर्ममनिले जित हात पार्यो । जसमा १६ देश सहभागी थिए । सन् १९५८मा स्वीडेनमा आयोजित प्रतिस्पर्धामा ब्राजिलले बाजी मार्यो । यस प्रतिस्पर्धामा १६ देशले सहभागीता जनाएका थिए । यस्तै सन् १९६४मा चिलिमा आयोजित प्रस्पिर्धामा पुनः ब्राजिल चेम्पियन बन्यो । यसमा पनि १६ राष्ट्रले सहभागीता जनाएका थिए । सन् १९६६मा खेलको मेजबानी ईंलेण्डले गर्यो र बिजेता पनि ईंलेण्ड नै बन्यो । यसमा पनि १६ राष्ट्रले सहभागीता जनाएका थिए । यसमा पनि १६ राष्ट्रले सहभागीता जनाएका थिए । यसैगरी सन् १९७०मा मेक्सिकोमा आयोजित प्रतिस्पर्धामा ब्राजिलले पुनः उपाधी उचालो । सन् १९७४को पश्चिम जर्मनिमा आयोजित प्रतियागीतामा बिजेता जर्मनि बन्यो भने १६ राष्ट्र सहभागी थिए । सन् १९७८मा अर्जेन्टेनियमा सम्पन्न प्रतियागितामा आयोजक देश अर्जेन्टेनिया नै बिजेता बन्यो । यसमा पनि १६ देशले सहभागिता जनाएका थिए । सन् १९८२मा स्पेनमा भएको विश्वकपमा ईटाली बिजेता बन्यो भने यो प्रतियोगितामा २४ देशले सहभागिता जनाएका थिए । सन् १९८६मा मेक्सिकोमा भएको प्रतिस्पर्धामा अर्जेन्टेनिया बिजेता बन्यो ।यसमा २४ देश सहभागी थिए । सन् १९९०मा ईटलीमा भएको प्रतियागितामा जर्मनि उपाधी उचालो ।यसमा पनि २४ देश सहभागी थिए । सन् १९९४मा अमेरिकामा आयोजित प्रतियोगिता ब्राजिल बिजेता रह्यो । प्रतियोगितामा २४ राष्ट्र सहभागि थिए । सन् १९९८मा फ्रान्समा आयाजित प्रतियोगिता मेजबान देशले जित्यो । खेलमा २४ देशले सहभागिता जनाएका थिए । सन् २००२मा पहिलो पटक एशिया महाद्विप दक्षिण कोरियार जापानले मेजबानी गरेको प्रतियागितामा उपाधी ब्राजिले हात पार्यो र विश्व कप फुटवलको उपाधी जित्नेमा शिर्ष स्थानमा पुग्यो(२१औं संस्करणसम्ममा)।प्रतियोगितामा २४ देश सहभागी थिए । सन् २००६मा जर्ममनिमा आयोजित प्रतिस्पर्धामा पहिलो पटक ३२ देशले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा ईटलीले बाजी मार्यो । सन् २०१०मा दक्षिण अफ्रिकामा सम्पन्न खेलमा स्पेन बिजेता बन्यो । यसमा ३२ राष्ट्रले सहभागिता जनाएका थिए । सन् २०१४मा ब्राजिलमा भएको प्रतियोगितामा, जस्मा ३२ देश सहभागी थिए, जर्मनी बिजेता बन्यो । सन्२०१८मा रुसमा भएको खेलमा फ्रान्सले उपाधी जित्यो । यसमा पनि ३२ राष्ट्रले सहभागित जनाएका थिए । र आगामी कतारमा हुने प्रतियोगितामा पनि ३२ देशले लै सहभागिता जनाउने छन् ।
यसरी विश्वकप फुटवलको उपाधी सन् २००१८को २१औं संसकरणसम्ममा ब्राजिल शिर्ष स्थानमा रहेको छ । उसले यो उपाधी पाँच पटक जितेको छ भने, ईटली र जर्ममनिले ४ । ४ पटक, उरुगुवे, फ्रान्सर अजेन्टेनियाले २ । २ पटक र ईंलेण्ड र स्पेनले एक एक पटक जितेका छन् ।