मेची अन्चल अस्पतालद्वारा ब्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप

सन्दर्भ डेस्क

भद्रपुर । कुनै पनि रोगीले आफ्नो मनचाहेको चिकित्सक, चिकित्सा प्रतिस्ठानमा उपचार गराउन पाउने उसको नैसर्गिक अधिकार हो । नेपालको संबिधानले प्रत्येक नेपालीलाई सो अधिकार प्रदान गरेको छ । तर, झापाको सदर मुकाम भद्रपुरस्थित मेची अस्पतालले ब्यक्तिको उक्त स्वतन्त्रतामाथि हस्तक्षेप गरेको पाईएको छ ।

भुक्तभोगीले सुनाए अनुसार, ‘घटना २०७९ असार ३ गतेको हो । भद्रपुर–६ भानुनगर निवासी ७९ बर्षीय ए.बि.सि.नसा सम्बन्धी रोगबाट पीडित भएर मेची अन्चल अस्पताल पुगें । अस्पतालमा नसा सम्बन्धी चिकित्सक रहेनछन् । स्थानीय ओम साई पाथिभरा अस्पतालमा फोन गरेर, त्यहा निउरो चिकित्सक भए नभएको बारे जानकारी लिदा, भएको जवाफ पाएं । अनि स्वास्थ्य बीमा काउन्टरमा गएर रेफरका लागि आफ्नो बमिा कार्ड दिएं । काउन्टरले ३ न. कोठामा अर्थोपेडिका डा.समक्ष जानु भनेर कागज र कार्ड दियो । ३ न.कोठामा गएर कुर्सीमा बिराजमान डा.साहेवलाई प्रणाम गर्दै रेफर लेटरका लागि बिन्ति बिसाएं । डा.साहवले मेरो कागज हातमा लिदै भने, ‘तपाईसंग नसा सम्बन्धी रोग लागेको भन्ने के प्रमाण छ, देखाउनु होस्,छैन भने एक्से गरेर ल्याउनु होस्, हेर्छु, अनिमात्र हुनसक्छ , नत्र रेफर लेटर दिन्न ।’ आखिर अस्पतालमा निउरो डा. छैन भने रेफर दिन किन रोक ? ‘जुन् गोरुको सिं छैन उसैको नाम तिखे,’ भन्ने उखान सम्झें । डाक्टरका कुरा सन्दा कन्सीरी त तातेको थियो, तर, संयम गरेर चुप्चाप् त्यहाबाट निस्किएं । अस्पतालका मेसुसंग परिचय भएकाले, मेसु बारकोटी समक्ष गएर सवै बयान सुनाए । उनले तुरुन्तै फोन गरेर ति डाक्टरलाई रेफर लेटर दिन भने । अनि म तर्फ हेरेर भने, ‘जानुहोस् दिनुहुन्छ ।’

पुनः कोठा न. ३ मा जाँदा डा.साव् कोठाबाट निस्कदै रहेछन । डा.सावलाई ‘सर ! रेफर लेटर बनाई दिनु हुन्छ ?’भन्दै कागज अघि सारे । डा.साव्को कानमा मोवाईल फोन थियो, ‘म बाहिर जाँदै छु पर्खिदै गर्नुहोस्’ भनेर बाटो लागे । घडी हेरें, दिनको ठीक् ११. ३० भएको रहेछ । सुगर प्रेसरको रोगी । खाना खाको छैन, आपत् पर्ने अवस्था आउन आँट्यो । १२ बज्यो । डा.साव् आईपुगेनन् । उपचारको लक्षण नदेखे पछि, अनि म पनि बाटो लागे ।’

यो एउटा प्रतिनिधि घटना मात्र हो । बाक्स्वतन्त्रता प्रयोग गर्न सम्भव ब्यक्ति भएकाले यो घटना बाहिर आयो । यस्ता कति सोझा साझा, निमुखा लाचार बनेका घटना होलान् ? जुन् गर्भमै तुहिएका छन् । आम नेपाली नागरिकलाई स्वास्थ्यसेवामा राहत पुर्याउने उद्देश्यले स्वास्थ्य वीमा कार्यक्रम लागु गरेको हो । तर यसको कार्यन्वयनमा कति समस्या जोडाइएको छ, यसको मर्म भुक्त भोगीलाई मात्र थाहा छ ।

यसै प्रसङ्गमा मेची अंचल अस्पतालले, ब्यक्तिको ब्याक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप हुनेगरी नियम लगाएको छ । अस्पतालमा सम्बन्धित रोगको चिकित्सक रहेमा रेफर लेटर दिदैन । त्यहीं उपचार गराउनु पर्ने अरे ! अनि सरकारी अस्पतालको रेफर लेटर नभए अन्य चिकित्सीय प्रतिस्टानले बिमा कार्डको सुविधा दिदैन । कस्तो बिडम्बना !

मेची अन्चल अस्पतालले उपचारजन्य सवै उपकरण, अनि तत् तत् सम्बन्धी चिकित्सकको ब्यबस्थत गरेर सवैको मन जितेर, प्रसंसनीय उपचार गर्दा त रोगीहरुको स्वतस्फुत ताँती लागिहाल्छ नि ! किन नानाभाँतीका हथ्कण्डा अपनाउनु पर्छ र ? डा. छ, उपकरण छैन । उपकरण छ त्यसलाई चलाउने बिशेसज्ञ छैन । बिषेसज्ञ छ, उपकरण बिग्रीएको छ । यो मेची अन्चल अस्पतालको परिचय हो ।

यति हुँदाहुदै पनि मेची अन्चल अस्पतालको अफ्नै लिडेढिपि छ , सवै रागीलाई त्यहीं उपचार गराउन बाध्य तुल्याउने । कल्पना गरौं, यदि मेची अन्चल अस्पताल काठमाण्डौंमा भएको भए, कुनै पनि प्रधान मन्त्री, मन्त्री, सांसद, उच्च पदस्थ अधिकारीलाई बिदेश गएर उपचार गराउन नै स्वीकृति दिदैन थियो होला ! हैन त ? त्यो पनि सरकारी खर्चमा ।

अन्तमा मेची अन्चल अस्पताल, स्थानीय, प्रदेश र देश बिदेशकै आँखाको नानी बनोस् ! त्यहाका संचालक, डा.कर्मचारी रोगीमैत्री बनुनु भन्ने शुभकामना र आग्रह छ ।