चन्द्रगढी खानेपानी समितिको अध्यक्षका प्रत्यासी भट्टराई के भन्छन् ?
भद्रपुर विर्तामोडलाई केन्द्र बनाएर सामाजिक क्षेत्रमा कृयाशील रहेका युवा यादवप्रसाद भट्टराईले खानेपानी समितिलाई विशुद्ध सेवामुलक सामाजिक संस्था बनाउने उद्घोष सहित उम्मेदवारी दर्ता गरेका छन् ।
दलीय सिण्डिकेट बिरूद्ध एक्लै नेतृत्व दावी सहित पहिलो पटक चन्द्रगढी खानेपानी समितिको नेतृत्वका लागि उम्मेदवारी दिएका भट्टराईले तलबी सेवा सुविधा लिने दलीय उम्मेदवारले चन्द्रगढी खानेपानीको उन्नति गर्न नसक्ने दावी समेत गरेका छन् ।