भट्टराई प्रतिष्ठान भद्रपुरमा चेतनाथ
भद्रपुर । उभौली पर्वको अवसर पारेर गाठधुप गर्दै भट्टराई कुल वंश प्रतिष्ठान भद्रपुर नगर समितिको वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
नगर समितिका अध्यक्ष चेतनाथ भट्टराईको अध्यक्षता तथा बंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान सहित सभा सम्पन्न गरिएको हो ।
भट्टराई बंशका जेष्ठ सदस्य लीलानाथ भट्टराई, उत्कृष्ट नागरिक विर्तामोड खानेपानी समितिका अध्यक्ष जलकुमार गुरूङ, तीर्थकुमारी पोखरेल, उत्कृष्ट बुहारी भद्रपुर ९ की पुष्पा रेग्मी लगायतलाई उत्कृष्ट सम्मान प्रदान गरिएको थियो ।
साधारण सभाले चेतनाथ भट्टराईको अध्यक्षतामा नगर समितिका लागि १७ सदस्यीय नयाँ समिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा चिरञ्जीवि भट्टराई र कमला भट्टराई, सचिव एकराज भट्टराई सहसचिव सुमन भट्टराई र कोषध्यक्षमा खेमराज भट्टराई लगायत रहेका छन् ।
भद्रपुर ९ स्थित उमेश भट्टराईको घरमा सम्पन्न कार्यक्रममा भट्टराई बंश प्रतिष्ठानका केन्द्रीय सह अध्यक्ष दुर्गाप्रसाद भट्टराई, महासचिव चन्द्रप्रसाद भट्टराई, सचिव लोकनाथ भट्टराई लगायतको उपस्थिति रहेको थियो ।