रोकिएको मत गणना शिवसताक्षीमा शुरु, गौरीगन्ज र कमलमा अझै अवरुद्ध
भद्रपुर । झापाको गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा रोकिएको मतगणना अझै सुचारु हुन सकेको छैन । यसैगरी शिवसताक्षी नगरपालिकामा रोकिएको मतगणना भने भर्खरै शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहा ५४ वटा मतपत्र हराएका थिए । समस्या समाधानका लागि बसेको सर्वदलीय बैठकले निर्वाचन आयोग लाई समस्या लेखि पठाउने र उसको निर्णय अनुसार पछि समस्या समाधान गर्ने सहमति भएर भर्खखर मतगढाना सुरु भएको जनाईएको छ ।
तर, गौरीगन्ज गाउँपालिकामा भने सर्वदलीय बैठकले गरैको निर्णय कांग्रेस पक्षले नमाले पछि अझै मतगणना शुरु हुन सकेको छैन । त्यहा खसेको मत भन्दा १७३ मतपत्र बढी देखिएको थियो ।
यता कमल गाउँपालिकाको वडा ४ को मतगणनाको नतिजामा निर्वाचन कार्यालयका कर्मचारीले गलत विवरण घोषणा गरेको भन्दै गठबन्धन दलले विरोध जनाएपछि गणना कार्य रोकिएको हो । मतपरिणाम सार्वजनिक गर्दा गणकको तथ्यांकभन्दा बढी एमालेको मत घोषणा गरेकाले विवाद भएको छ । विवादका कारण अहिलेसम्म मतगणना हुन नसकेको जिल्ला निर्वाचन कायालयझापाले जनाएको छ ।