बाह्रदशी ४ मा स्वतन्त्र उम्मेदवारको समूह विजयी

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिका वडा नं ४ मा नेपाली काँग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवारहरुले पुरै प्यानल नै जितेका छन् ।

गुलाफको फूल चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवारहरुले वडाध्यक्षदेखि सदस्यसम्म पाँचवटै पद जितेका हुन् । स्वतन्त्र उम्मेदवार महताव आलमले ७५२ मत ल्याएर वडाध्यक्ष जितेका छन् । उनका प्रतिद्वन्द्वी माओवादीका समिम मियाले ५९१ मत पाएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा स्वतन्त्र उम्मेदवार विवेककुमार गणेश ७२०, स्वतन्त्र उम्मेदवार बलबहादुर बानिया ६८५ , महिला सदस्यमा स्वतन्त्र उम्मेदवार कल्पना श्रेष्ठ ७५२ र दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सुमित्रादेवी मोचीले ७३५ मत ल्याएर विजयी भएका छन् ।नेपाली कांग्रेसले गठबन्धन गरी माओवादीलाई सो वडा दिएपछि कांग्रेसकै आकांक्षीहरु स्वतन्त्र प्यानल बनाएर स्वतन्त्र उठेका थिए ।