राजिनामा फिर्ता लिँदै सञ्जेल पार्टीमा फर्किए
भद्रपुर । नेकपा माओवादी केन्द्रका युवा नेता नरेश सञ्जेलले पार्टी सदस्य समेत परित्याग गरेको घोषणा फिर्ता लिएर पार्टी जिम्मेवारीमा पर्किएका छन् ।
उम्मेदवार छनौटमा असहमती जायर गर्दै २४ वर्षे माओवादी राजनीति परित्याग गरेको घोषाणा सञ्जेलले विज्ञप्ति जारी गरेर फिर्ता लिएका हुन् ।
भद्रपुरका १७ जना नेता कार्यकता सहित सदस्यता परित्यागको घोषणा गरेका सञ्जेलले सवै सदस्य सहित पार्टी फकिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
झापा भद्रपुर १० का स्थायी बासिन्दा सञ्जेल स्थानीय तह, क्षेत्रीय समिति, जिल्ला समिति, प्रदेश समिति हुँदै केन्द्रीय महाधिवेश आयोजक समितिसम्मका विभिन्न पदमा पार्टी जिम्मेवारी बहन गरिसकेका व्यक्ति हुन् । स्थानीय तह निर्वाचनमा भद्रपुरको नेतृत्वको दौडमा रहेका सञ्जेललाई रोक्न पार्टीका केही जिम्मेवार व्यक्ति लागि परेको असन्तुष्टिको विद्रोह स्वरूप पार्टी परित्यागको घोषणा गरेका थिए तर पछिल्लो समय नेकपा माओवादीका केन्द्रीय नेतृत्वले सञ्जेलका न्यायपूर्ण माग सम्बोधनको आश्वासन दिएपछि पार्टीमा फर्किएको अनुमान गरिएको छ ।