राप्रपा भद्रपुरले नवराज पनेरूको नेतृत्वमा ५२ वटै पदमा उम्मेदवार घोषणा गर्यो
भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले भद्रपुर नगरपालिकाको प्रमुखमा नवराज पनेरू ’राजु’ र उपप्रमुखमा राधा कार्कीलाई उम्मेदवारका रूपमा घोषणा गरेको छ ।
नगरका १० वटै वडाका सवै पद (प्रमुख/उपप्रमुख सहित ५२ वटै पद) मा उम्मेदवारी दर्ता गर्ने गरी उम्मेदवार घोषणा गरेको हो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि राप्रपाको तर्फबाट पनेरू र कार्की नै प्रमुख उपप्रमुखको उम्मेदवार थिए । सो निर्वाचनमा भद्रपुर नगरपालिकामा राप्रपा चौथो दल कायम भएको थियो । काँग्रेस त्यागेर राप्रपा प्रवेश गरेका प्रमुखका दावेदार पनेरूले २ हजार ८ सय २२ र उपप्रमुखको आकांक्षी कार्कीले ३ हजार २ सय ७७ मत प्राप्त गरेका थिए ।
राप्रपाले भद्रपुरको एक देखि १० नम्बर वडासम्म क्रमशः दलवहादुर लिम्बू ’शंकर’, रामवहादुर राई, हेमवहादुर कार्की, दिनानाथ(शंकर) रिजाल, देवकुमार घिमिरे, ढकवहादुर विष्ट, अभिषेक ढुंगाना, गणेशप्रसाद लिम्बू, ज्ञानबहादुर राई ’सविन’ र खेमराज भट्टराईलाई वडाध्यक्षको प्रत्यासीमा उम्मेदवार चयन गरेको छ ।