केन्द्रीय उपाध्यक्षमा अधिवक्ता सुरज खत्री विजयी
सन्दर्भ सामाचारदाता ।
भद्रपुर । नेपाल वार एसोसिएसन केन्द्रिय समितिमा प्रदेश नं. १ को उपाध्यक्ष पदमा अधिवक्ता सुरज खत्री विजयी हुनु भएको छ । सुरज खत्रीले ४४२९ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी अधिवक्ता रोहित कुमार डाँगीले २६४० मत प्राप्त गरेका थिए ।
यसैगरि अध्यक्ष पदका लागि ८ जना उम्मेद्वार मैदानमा उत्रिएका थिए । जसमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे ४४७४ मत ल्याई विजयी अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २४८२ मत प्राप्त गरेका थिए ।
अन्य प्रदेशका उपाध्यक्षहरुमा मधेश प्रदेशबाट अधिवक्ता सुधिर कुमार कर्ण, बागमति प्रदेशबाट अधिवक्ता हर्क बहादुर रावल, गण्डकी प्रदेशबाट अधिवक्ता वीरेन्द्र के.सी., लुम्बिनि प्रदेशबाट अधिवक्ता पशुपति भण्डारी, कर्णालि प्रदेशबाट अधिवक्ता उत्तम प्रसाद आचार्य, सुदुर पश्चिम प्रदेशबाट अधिवक्ता तुलाराम गिरी, महिला खुल्लाबाट अधिवक्ता आसा राई, महासचिव पदमा अधिवक्ता अन्जिता खनाल, कोषाध्यक्ष पदमा अधिवक्ता भरत बहादुर राउत विजयी भएका छन् ।
यसैगरि सदस्यहरुमा अधिवक्ता विनिता नेपाली, अधिवक्ता किरण कुमारी शाह, अधिवक्ता नरेश कुमार शाह, अधिवक्ता नारायणराज राई, अधिवक्ता रुप बहादुर सारु, अधिवक्ता सिता पौड्याल, अधिवक्ता सर्मिला थापा विष्ट, अधिवक्ता जितेन्द्र बहादुर मडै, अधिवक्ता भरत कुमार लकाई, अधिवक्ता देवी प्रसाद कोइराला, अधिवक्ता निर्भयराज पौडेल, अधिवक्ता सन्तोष कुमार राउत, अधिवक्ता गुणराज आचार्य र अधिवक्ता सन्तोष तिवारी विजय भएका छन् ।