लागु औषध सहित दुई व्यक्ति नियन्त्रणमा

भद्रपुर । चैत ३ गते लागु औषध सहित दुई ब्यक्तिलाई सशस्त्र प्रहरीले महेशपुरले नियन्त्रणमा लिएको छ ।

भारतको किसनगंज भादगाउँ पंचायत १२ निमुगढी निवासी २७ वर्षिय फोगडा किस्कु र सोही स्थान निवासी २९ बर्षिय रीता मरण्डीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट महेशपुरको टोलीले भद्रपुर ३ स्थित नेपाल–भारत सिमा क्षेत्रमा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा चेकजाँचको क्रममा लुपीजेसिक १ सजय ९२ एम्पुल फेनारगन १ सय ३२ एम्पुल लागु औषध सहित नियन्त्रणमा लिएको छ ।

नियन्त्रण्मा लिइएका दुवैलाई जिल्ला प्रहरी कार्यालय, झापामा बुझाई प्रहरीले अदातलबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।